१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाजुराको बुढीगङ्गामा एमालेले बुथ कब्जा गरेको भन्दै कांग्रेसद्वारा पुनः मतदानको माग

६ जेष्ठ २०७९, शुक्रबार १३:१०

जेठ ६, काठमाडौं | सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतदानका क्रममा बाजुराको बूढीगङ्गा नगरपालिकाका विभिन्न मतदान केन्द्रमा नेकपा एमालेले ‘बुथ कब्जा’ गरेको भन्दै पुन: मतदानको माग गरेको छ । 

कांग्रेसले आज एक विज्ञप्तिमार्फत एमालेका कार्यकर्ताले आफ्नो पार्टीका उम्मेदवार र प्रतिनिधिलाई आक्रमण गरी घाइते बनाउने, मतदान केन्द्रबाट लखेट्ने, थुनछेक गर्ने र मतदान केन्द्र आफ्ना कार्यकर्ताको नियन्त्रणमा राखि फर्जी मत हालेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

उक्त नगरपालिकामा एमालेले बल प्रयोग र बुथ कब्जा जस्तो अलोकतान्त्रिक कार्य गरेको भन्दै कांग्रेसले निन्दा र भर्त्सना गरेको हो । 

“निर्वाचनमा खटिएका सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, विभिन्न राजनीतिक दलका उम्मेदवार तथा प्रतिनिधि र मतदातालाई सुरक्षित राख्नका लागि निषेधाज्ञा जारी गर्नु परेको घटनाले स्थिति निकै भयावह भएको स्पष्ट छ,” कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सदरमुकाम पुगेर राजीनामा दिइसकेका निर्वाचन अधिकृतलाई घेराबन्दीमा पारेर कब्जा गरिएका मतदान केन्द्रका मतपेटिकाहरू बुझ्न बाध्य पारिएकाले नगरपालिकामा भयरहित वातावरणमा स्वच्छ र निष्पक्ष निर्वाचन हुन नसकेको कांग्रेसको दाबी छ । 

यस्तो कार्यमा संलग्न भएकाहरुमाथि कडा कारबाहीको माग गर्दै कांग्रेसले कब्जा गरिएका मतदान केन्द्रमा फेरि मतदानको व्यवस्था मिलाउन कांग्रेसले आयोगसमक्ष माग गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार