जेठ ८, काठमाडौं |  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ ८, काठमाडौं | 
१५ कार्तिक २०८१, बिहीबार
काठमाडौँ - KTM

काठमाडौँ महानगर: बालेनलाई पछ्याउदै सिर्जना, उपमेयरमा सुनिता डंगोलको अग्रता कायमै

८ जेष्ठ २०७९, आईतवार ०९:१४

जेठ ८, काठमाडौं | काठमाडौं महानगरपालिकाको पछिल्लो मत गणना अनुसार बालेन शाहको अग्रता कायमै छ ।

उनले ४० हजार ४२७ मत सहित आफ्नो अग्रता कायमै राखेका छन् । उनलाई सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार कांग्रेसकी सिर्जना सिंहले पछ्याइरहेकी छन् ।

सिर्जनाको मत २३ हजार १९३, र केशव स्थापितले २२ हजार ५१५ मत ल्याएका छन् । अहिलेसम्म १ लाख १४ हजार २०५ मत गणना भएको छ ।


काठमाण्डौ महानगरपालिकामा उपमेयरको पदमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलको अग्रता कायमै छ । उहाँले २६ हजार आठ सय ८७ मतको अग्रता लिइरहनुभएको छ । 

अहिलेसम्म भएको गणनाअनुसार डंगोलले ४० हजार पाँच सय २४ मत प्राप्त गर्नुभएको छ । गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले १३ हजार ६ सय ३७ मत प्राप्त गरेर दोस्रो स्थानमा हुनुहुन्छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार बिनिता मगैयाले आठ हजार चार सय एक मत प्रप्त गरेर तेस्रो स्थानमा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले महिला फुटबल खेलाडीलाई जनही ३ लाख पुरस्कार दिने प्रहरीको कुकुर पूजा (फोटो फिचर) यम पंचकका पाँच दिन: यस्तो छ महत्व र पूजा विधि भैरहवा उडान गर्ने सर्तसहित थाइ एयरको उडान प्रतिबन्ध फुकुवा साफ च्याम्पियनसिपमा हारपछि महिला फुटबल टिमका मुख्य प्रशिक्षक तामाङद्वारा राजीनामा घोषणा अन्तरिम प्रशिक्षकको सफल सुरुआत, म्याचेस्टर युनाइटेड क्वार्टरफाइनलमा पूर्वी स्पेनमा वर्षाका कारण आएको भीषण बाढीबाट ९५ जनाको मृत्यु महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती आज मनाइँदै रवि लामिछानेलाई थप गरिएको म्याद सकिए पनि तिहार हिरासतमै बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ? तिहारको तिथि : आज बिहान कुकुर तिहार, साँझ लक्ष्मी पूजा आज देशभरको मौसम सामान्यतः सफा रहने पूर्वानुमान साफ महिला च्याम्पियनसीपको उपाधि बंगलादेशलाई, नेपाल फेरि उपविजेतामा सीमित यस्ता छन् मन्त्रिपरिषद् बैठकका १२ निर्णय वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश सावित्रा भण्डारीका आमाबुबा भन्छन्, ‘हाम्रो आँखा छलेरै फुटबल खेल्थिन्, प्रगति गरेको देख्दा दङ्ग छौँ’ कम्युनिष्ट आन्दोलनको रुपान्तरणका लागि गम्भीर आत्मसमीक्षा आवश्यक छ : प्रचण्ड फिल्म ‘मिसिङः केटी हराएको सूचना’ को ट्रेलर सार्वजनिक प्रधानमन्त्री ओली र ‘प्रकाण्ड’बीच भेटवार्ता सरकारी अस्पतालमा विद्युत महशुल छुट दिलाउन मन्त्री पौडेलको सक्रियता