जेठ ८, काठमाडौं |  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ ८, काठमाडौं | 
2026-06-20 03:28 AM
काठमाडौँ - KTM

काठमाडौँ महानगर: बालेनलाई पछ्याउदै सिर्जना, उपमेयरमा सुनिता डंगोलको अग्रता कायमै

जेठ ८, काठमाडौं | काठमाडौं महानगरपालिकाको पछिल्लो मत गणना अनुसार बालेन शाहको अग्रता कायमै छ ।

उनले ४० हजार ४२७ मत सहित आफ्नो अग्रता कायमै राखेका छन् । उनलाई सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार कांग्रेसकी सिर्जना सिंहले पछ्याइरहेकी छन् ।

सिर्जनाको मत २३ हजार १९३, र केशव स्थापितले २२ हजार ५१५ मत ल्याएका छन् । अहिलेसम्म १ लाख १४ हजार २०५ मत गणना भएको छ ।


काठमाण्डौ महानगरपालिकामा उपमेयरको पदमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलको अग्रता कायमै छ । उहाँले २६ हजार आठ सय ८७ मतको अग्रता लिइरहनुभएको छ । 

अहिलेसम्म भएको गणनाअनुसार डंगोलले ४० हजार पाँच सय २४ मत प्राप्त गर्नुभएको छ । गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले १३ हजार ६ सय ३७ मत प्राप्त गरेर दोस्रो स्थानमा हुनुहुन्छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार बिनिता मगैयाले आठ हजार चार सय एक मत प्रप्त गरेर तेस्रो स्थानमा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ