जेठ ९, काठमाडौ | काठमाण्डौ महानगरपालिकाको उपमेयरमा एमालेकी सुनिता डंगोलको अग्रता कायमै छ । पछिल्लो परिणामअनुसार डंगोलले ४६ हजार २ सय २१ मत प्राप्त गरेकी छन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले १५ हजार ४ सय ११ मत ल्याएका छन् । सुनिता रामेश्वर श्रेष्ठभन्दा ३० हजार ८ सय १० मतले अगाडि छिन् ।