२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बारा - BR

बाराका १५ पालिकामा मतगणना सकियो, कसले कहाँ जिते ?

९ जेष्ठ २०७९, सोमबार ०८:०१

जेठ ९, बारा | १६ वटा स्थानीय तह रहेको बाराका १५ स्थानीय तहको मतगणना सकिएको छ । मतगणनाअनुसार हालसम्ममा एमालेले चार, कांग्रेसले चार, लोसपाले तीन, जसपाले दुई, माओवादी केन्द्र एक र विवेकशील साझाले एक पालिकामा जित हासिल गरेको छ ।

कलैया उपमहानगरपालिकामा एमालेका विनोदप्रसाद साह २४ हजार १७४ मत ल्याई नगरप्रमुख पदमा विजयी भएका छन् भने निजगढ नगरपालिकामा एमालेका सुरथ पुरीले ९ हजार ४७५ मत ल्याई नगरप्रमुख पदमा विजयी भएका छन् । परवानीपुर गाउँपालिकामा एमालेका रामक्षत्रीप्रसाद कुर्मीले २ हजार ९१७ र प्रसौनी गाउँपालिका एमालेकै विनोद प्रसाद जैसवालले ४ हजार ४८८ मत प्राप्त गरी गाउँपालिकाको प्रमुखमा विजयी भएका हुन् ।

२०७४ को निर्वाचनमा दुई पालिकामा मात्र जित हासिल गरेको एमालेले बारामा हालसम्ममा चार पालिकामा जित हासिल गरेको हो । यसअघि एमालेले जित हासिल गरेको कोल्हवी र जितपुरसिमरा उपमहानगरपालिका दुबै पालिका भने गुमाएको छ ।

कोल्हवी नगरपालिकामा नेपाली का‌ंग्रेसका रामप्रसाद चौधरीले ९ हजार १०५ मत प्राप्त गरी विजयी भएका छन् भने कांग्रसकै राजेशप्रसाद यादवले ५ हजार ३५१ मत ल्याई सुवर्ण गाउँपालिकामा विजयी भएका छन् । महागढीमाई नगरपालिकाको मेयरमा कांग्रेसका उपेन्द्रप्रसाद यादव (उपन यादव) दोहोरिएका छन् ।

निवर्तमान मेयरसमेत रहेका यादवले ८ हजार ६७० मत ल्याएर विजयी भएका छन् । आदर्श कोत्वाल गाउँपालिकाकमा समेत कांग्रेसले जित हासिल गरेको छ । गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका जवाहर साह विजयी भएका छन् । उनले ४ हजार ८७ मत प्राप्त गरी विजयी भएका हुन् । २०७४ को निर्वाचनमा ६ पालिकामा जित हासिल गरेको कांग्रेसले बारामा हालसम्ममा चार पालिकामा जित हासिल गरेको हो ।

यसअघि कांग्रेसले जित हासिल गरेको कलैया उपमहानगरपालिकासहित निजगढ, सिम्रौनगढ, बारागढी र करैयामाई भने गुमाएको छ । जनता समाजवादी पार्टी, नेपालले दुई गाउँपालिकामा जित हात पारेको छ । जसपाले देवताल गाउँपालिकाको अध्यक्षमा उदयप्रसाद यादवले ४ हजार १७६ मत र करैयामाई गाउँपालिकामा शम्भु प्रसाद यादवले ५ हजार ५९८ मतले विजयी हासिल गरेका छन ।

यसअघि करैयामाईमा कांग्रेसले र देवतालमा राष्ट्रिय जनता पार्टी, नेपालले जित हासिल गरेको थियो । विश्रामपुर गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका जुल्फकार अली भुटोले ४ हजार ३१७ मत र सिम्रौनगढ नगरपालिकामा किशाेरीप्रसाद कलवारले ११ हजार १३७ मतसहित विजयी भएका छन् ।

बारागढी गाउँपालिकामा समेत लोसपाले चुनाव जितेको छ । पालिका अध्यक्षमा लोसपाका अशोककुमार जयसवालले ५ हजार ४२६ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएका छन् । यसअघि २०७४ को निर्वाचनमा सिम्रौनगढ र बारागढीमा नेपाली कांग्रेसले जित हासिल गरेको थियो ।

जितपुरसिमरा उपमहानगरपालिकामा माओवादी केन्द्रका राजन पौडेलले १८ हजार ७४३ मतसहित जित हात पारेका छन् । उनको जितसँगै बारामा माओवादी केन्द्रले खाता खोलेको हाे । यसअघिको निर्वाचनमा माओवादी केन्द्रले कुनै पनि पालिकाको प्रमुखमा जित हासिल गर्न सकेको थिएन ।

बारामा विवेकशील साझा पार्टीले पनि खाता खोलेको छ । फेटा गाउँपालिकामा विवेकशीलका रुस्तम अन्सारीले ४ हजार ४८५ प्राप्त गरी विजयी भएका हुन् । अन्सारीलाई कांग्रेसले टिकट नदिएपछि उनी विवेकशील प्रवेश गरी निर्वाचनमा हाेमिएका थिए । यसअघि फेटा गाउँपालिकामा संघीय समाजवादी फोरम, नेपालले जित हात पारेको थियो ।   जिल्लामा हालसम्म पनि पचरौता नगरपालिकाको भने मतगणना भइरहेको निर्वाचित भएको जिल्ला निर्वाचन प्रमुख सरोजकुमार चौधरीले जानकारी दिए ।

जिल्लाको १६ स्थानीय तहमध्ये हालसम्म १५ स्थानीय तहको अन्तिम मतपरिणाम आइसकेको छ भने पचरौता नगरपालिकामा मतगणना जारी छ । ३० वैशाखमा पचरौताको २ र ४ नम्बर वडाको निर्वाचन विवादको कारण स्थगित भएपछि ढिलाइ भएको हो । ४ जेठमा उक्त दुई वडामा पुनः निर्वाचन गरिएपछि सुरु भएको मतगणनाको अन्तिम परिणाम आउन बाँकी छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान