2026-06-20 04:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौं महानगरमा उपमेयरको मतगणना फेरि गर्नुपर्ने मागसहित उजुरी

जेठ ९, काठमाडौँ | काठमाडौं महानगरपालिकाको उपमेयरको मतगणना फेरि गणना गर्न माग गर्दै गठबन्धनबाट उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका छन्।

उम्मेदवार नै नभएका नेपाली कांग्रेसको चुनाव चिह्न रूखसहित आफ्नो चुनाव चिह्न कलममा पनि आएको मतलाई बदर मान्न नहुने मागसहित उनले उजुरी दिएका हुन्। श्रेष्ठले उम्मेदवार भएको र नभएको दुवै चिह्नमा आएको मतलाई उम्मेदवार भएको चिह्नमा गन्न माग गरेको काठमाडौं महानगरका मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले पुष्टि गरे।


श्रेष्ठले दोहोर्याएर मतगणना गर्नपर्ने मागसहित निवेदन दिए पनि मतगणना भने जारी रहेको जानकारी उनले दिए। मुख्य निर्वाचन अधिकृत खतिवडाले निर्वाचन आयोगको निर्देशकाबमोजिम नै मतगणना भइरहेकाले त्यस्तो मतलाई बदर भनेरै गणना गरिने बताए। उनले भने, ‘‘निर्वाचन आयोगको निर्देशन र स्थानीय तह निर्वाचन निर्देशिकाअनुसार एउटा मात्र उम्मेदवार चयन हुने पदमा दुईवटा मत संकेत पाइएमा त्यस्तो मत बदर हुने भएकाले त्यस्तो मतलाई बदरै मानेर मतगणना जारी राखेका छौँ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ