२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

भरतपुरमा केहीबेर रोकिएको मतगणना पुन: सुरु

२०७९, ९ जेष्ठ सोमबार ११:४८

जेठ ९, काठमाडौँ | चितवनको भरतपुर महानगरपालिकाको केहीबेर रोकिएको मतगणना सुरु भएको छ । वडा नं. २७ को मतगणनाका क्रममा एकजना एमाले कार्यकर्तालाई पक्राउ गरेको विरोधमा एमालेले मतगणना रोक्न माग गरेको थियो ।

सोमबार दिउँसो सवा ४ बजे वडा नम्बर २७ को मतपेटिका जाँचका लागि पुगेका एमालेका प्रतिनिधि फर्किने क्रममा एकाएक मतगणना स्थलमा प्रवेश गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

उनलाई पक्राउ परेको विषयमा एमालेका कार्यकर्ताले विरोध गर्दै उनलाई रिहा नगरेसम्म मतगणना हुन नसक्ने अडान लिएका थिए । केहीबेरको विवादपछि फेरि मतगणना सुरु भएको छ ।

ती प्रतिनिधिले मतगणना भइरहेको जालीभित्रै प्रवेश गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । आफ्नो प्रतिनिधि झुक्किएर जालीभित्र प्रवेश गरेको जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले बताए ।

एमाले प्रतिनिधिलाई कर्मचारी ठानेर प्रहरीले पनि भित्र छिर्न दिएको थियो । भरतपुर महानगरको मतगणना अन्तिम चरणमा पुगेको छ । अहिले वडा नं. २६ र २७ को गणना सुरु भएको छ । अव बडा नं. २८ र २९ को मात्रै बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै