१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँको मत परिणाम: शाहको अग्रता कायमै, ४४,७१७ मत गन्न बाँकी

१० जेष्ठ २०७९, मंगलवार ०१:५८

जेठ १०, काठमाडौँ | काठमाडौं महानगरपालिकामा मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र शाहले अग्रतालाई निरन्तरता दिइरहेका छन्।

हालसम्म १ लाख ४८ हजार २४८ मत गणना गर्दा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र शाहले ४८ हजार ९ सय २२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३० हजार २५ मत प्राप्त गरेकी छिन्।

यस्तै नेकपा एमालेका मेयर पदका उम्मेदवार केशव स्थापितले भने २९ हजार २ सय ५९ मत ल्याएका छन्। स्वतन्त्र सुमन सायमीले ७ हजार ६ सय ५४ मत ल्याएका छन्। अब काठमाडौंमा  ४४ हजार ७ सय १७ मतगणना गर्न बाँकी छ।

त्यस्तै, उपमेयरतर्फ नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले पनि आफ्नो अग्रतालाई कायमै राखेकी छिन्। पछिल्लो मत परिणामअनुसार उनले ४४ हजार ७ सय ५ मत प्राप्त गरेकी छिन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १५ हजार २ सय ८२ मत प्राप्त गरेका छन्। त्यस्तै उपमेयर पदमा नै तेस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी उम्मेद्वार विनिता मगैयाले ७ हजार २३ मत प्राप्त गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने