२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मैले एमालेको भोट काटेको होइन, एमालेले नै सुरक्षित गर्न सकेन : जगन्नाथ पौडेल

२०७९, १० जेष्ठ मंगलवार ११:०५

जेठ १०, चितवन | भरतपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेल तेस्रो शक्तिका रुपमा देखिए । उनले १४ हजार सात सय २८ मत ल्याएका छन् । गठबन्धनका सामु नेकपा एमाले दोस्रो शक्तिका रुपमा देखियो ।

मेयरमा पराजित हुनुमा मौन अवधिमा सत्ता र शक्तिको दुरुपयोग हुनु, तालमेल गरिएको दल राप्रपाले सहयोग नगर्नु र असन्तुष्ट कांग्रेसीबाट आउने भोट पौडेलले रोक्नु प्रमुख कारण भएको नेकपा एमालेकाे निश्कर्ष  छ ।

तर, नेता पौडेलले भने आफूले एमालेको भोट नकाटेको बरु एमालेले आफ्नै मत सुरक्षित गर्न नसकेको बताउँछन् । उनले नेकपा एमालेको २५ प्रतिशत मत पाँच दलीय गठबन्धनको उम्मेदवारलाई गएको पनि बताए । । 


नेकपा एमालेले नेपाली कांग्रेसले अघोषित रूपमा स्वतन्त्र उमेदवार उठाएर आफ्नो पक्षमा आउने मत काटेको आरोप लगाउँदै आएको विषयमा उनले भने, ‘मलाई सुरूमा माओवादीले हाम्रो मत काट्नलाई उठे भने । अहिले होइन भनिरहेका छन् । आफूले पराजय भोग्नुपर्ने भएपछि एमालेले पनि त्यही आरोप मतिर तेर्साए । तर, वास्तविकता त्यस्तो होइन । मलाई कसैले उठाएको होइन, म आफैँ उठेको हुँ ।’ 

आफूले एमालेको मत काटेको नभइ एमालेका उम्मेदवारले आफ्नै मत पनि सुरक्षित राख्न नसकेको उनको भनाइ छ । ‘एमालेका २५ प्रतिशत मतदाताले गोलाकारभित्रको हँसिया हथौडामा मतदान गरेका छन्,’ उनी भन्छन्, ‘त्यसैले एमालेले अरूलाई दोष दिने होइन कि आफ्नै पार्टीभित्र भित्री समीक्षा गर्नुपर्छ ।’ 

निर्वाचन हुनुपूर्व पौडेलको विषयमा धेरैले १० हजारदेखि २० हजारसम्मको मत ल्याउन सक्ने आंकलन गरेका थिए । कांग्रेस र पाँच दलीय गठबन्धनबाट असन्तुष्ट बनेका पौडेलको उम्मेदवारीले रेनु दाहालको मत काट्ने अड्कल गरे । कतिपयले भने दुवै उम्मेदवारको मत काट्ने अड्कल पनि गरे । 

राष्ट्रिय प्रजातन्त्र पार्टीसँग पनि तल्लो तहसम्म गठबन्धन नगर्दाको असर मेयरमा देखिएको एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले बताए । ‘गठबन्धनबाट असन्तुष्ट पक्षले सूर्यमा मतदान गर्न सक्ने सम्भावना बलियो हुँदाहुँदै पनि वैकल्पिक चुनाव चिन्ह पाएपछि हामीलाई आउने मत पनि उता गयो,’ उनी भन्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै