२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौं महानगरको मेयरमा बालेन र उपमेयरमा सुनिता भारी मतान्तरका साथ विजयी

२०७९, ११ जेष्ठ बुधबार ०५:४६

जेठ ११, काठमाडौँ | काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह उर्फ बालेन शाह विजयी भएका छन् । मतगणना सकिनुअघि नै उनले गन्न बाँकी भन्दा बढी मतान्तर बनाएसँगै विजयी भएका हुन् । अब काठमाडौं महानगरपालिकामा १९ हजार ३२३ मत गन्न बाँकी छ भने हालसम्म काठमाडौं महानगरपालिकामा १ लाख ७१ हजार ८०२ मत गनिएको छ ।

साहको एमालेबाट मेयर पदका उम्मेदवार केशव स्थापितसँग २१ हजार १२१ र सत्ता गठबन्धनको साझा उम्मेदवार नेपाली काँग्रेसकी सिर्जना श्रेष्ठसँग २० हजार ३७६ को मतान्तर छ ।  काठमाडौं महानगरपालिकामा काँग्रेस र एमालेको बलियो संगठनलाई तोड्दै साह विजयी भएका हुन् ।

यस्तै काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल विजयी भएकी छन् । महानगरपालिकाको मतगणना नसकिँदै सुनिता उपमेयरमा विजयी भएकी हुन् । 

काठमाडौं महानगरपालिकामा १ लाख ६६ हजार ३ सय १३  मतगणना सम्पन्न हुँदा उपमेयरमा डंगोलले ६० हजार ६७५ मत पाएकी छन् । उनको निकटतम् प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादी पार्टीका रामेश्वर श्रेष्ठले २० हजार ६८६ मतमात्र पाएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल