२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चुनावमा सत्ता पक्षले लोकतन्त्रको चीरहरण गर्‍यो: ओली

२०७९, ११ जेष्ठ बुधबार ११:३६

जेठ ११, काठमाडौं | एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको चुनावमा आफ्नो पार्टीले कम सिट जित्नुमा गठबन्धन कारक रहेको उल्लेख गरेका छन्।

बुधबार संसद भवन नयाँ बानेश्वरमा जारी संसदीय दलको बैठकमा ओलीले गठबन्धनले राज्यसत्ताको दुरुपयोग गरेका कारण चुनावी परिणाम तलमाथि भएको दाबी गरेका हुन्।

ओलीको भनाइ उद्धृत गर्दै एक सांसदले बैठकस्थलबाट भने, ‘गठबन्धनले राज्य सत्ताको दुरुपयोग गर्दा हामीले हार्‍यौँ। गठबन्धनले लोकतन्त्रको चीरहरण गरेको छ। स्वच्छ, निष्पक्ष चुनाव हुन दिइएन।’

७५३ मध्ये केही पालिकाको मात्रै मत परिणाम आउन बाँकी रहँदा एमालेले कांग्रेसभन्दा १२१ पालिका पछि पर्दै २०५ ठाउँमा जितेको छ।

कांग्रेसले अहिलेसम्म ३२६ स्थानमा जित निकालेको छ भने माओवादी केन्द्रले १२१ तहमा, जसपाले ३० र नेकपा एसले २० पालिकाको प्रमुख जितेको छ। ओलीले चुनाव हारको कारण अन्तर्घात भएको समेत उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै