१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चुनावमा सत्ता पक्षले लोकतन्त्रको चीरहरण गर्‍यो: ओली

११ जेष्ठ २०७९, बुधबार ११:३६

जेठ ११, काठमाडौं | एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको चुनावमा आफ्नो पार्टीले कम सिट जित्नुमा गठबन्धन कारक रहेको उल्लेख गरेका छन्।

बुधबार संसद भवन नयाँ बानेश्वरमा जारी संसदीय दलको बैठकमा ओलीले गठबन्धनले राज्यसत्ताको दुरुपयोग गरेका कारण चुनावी परिणाम तलमाथि भएको दाबी गरेका हुन्।

ओलीको भनाइ उद्धृत गर्दै एक सांसदले बैठकस्थलबाट भने, ‘गठबन्धनले राज्य सत्ताको दुरुपयोग गर्दा हामीले हार्‍यौँ। गठबन्धनले लोकतन्त्रको चीरहरण गरेको छ। स्वच्छ, निष्पक्ष चुनाव हुन दिइएन।’

७५३ मध्ये केही पालिकाको मात्रै मत परिणाम आउन बाँकी रहँदा एमालेले कांग्रेसभन्दा १२१ पालिका पछि पर्दै २०५ ठाउँमा जितेको छ।

कांग्रेसले अहिलेसम्म ३२६ स्थानमा जित निकालेको छ भने माओवादी केन्द्रले १२१ तहमा, जसपाले ३० र नेकपा एसले २० पालिकाको प्रमुख जितेको छ। ओलीले चुनाव हारको कारण अन्तर्घात भएको समेत उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी