१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँ महानगरको उपमेयरमा सुनितालाई ५३ प्रतिशत मत, अन्यले कति पाए?

१२ जेष्ठ २०७९, बिहीबार ०५:०७

जेठ १२, काठमाडौँ |काठमाडौं महानगरपालिकाको उपमेयर पदमा नेकपा एमालेकी सुनिता डंगोलले फराकिलो अग्रता बनाएर विजयी भएकी छन् । महानगरको ३२ मध्ये २९ वडाको अन्तिम गणना सकिँदा डंगोलले ६६ हजार ८७८ मत पाएकी छन्। यो उपमेयरमा खसेको कुल सदर मतको ५३.४३ प्रतिशत हो। 

यस्तै सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३०३१ मत पाएका छन्। उनले १८.४० प्रतिशत मत पाएका छन्। यस्तै आँखीझ्याल चिन्हबाट चुनाव लडेकी स्वतन्त्र उम्मेदवार विद्या श्रेष्ठ महर्जनले १३१७६ अर्थात १०.५३ प्रतिशत मत पाएकी छन्। यस्तै राप्रपाकी उपमेयर उम्मेदवार विनिता मगैयाले ११६४७ मत ल्याएकी छन्। उनले कुल खसेको सदर मतको ९.३० प्रतिशत मत पाएकी छन्।


यस्तै लौरो चुनाव चिन्ह लिएर उपमेयरमा उम्मेदवार दिएका वेन्जी सिंह महर्जनले ६३३६ मत पाएका छन्। उनले कुल खसेको सदर मतको ५.०१ प्रतिशत मत पाएका छन्। विवेकशील साझाका क्रिर्ती कंशाकारले २४४९ मत पाएका छन्। उनले कुल खसेको मतको १.९६ प्रतिशत मत पाए। अन्य उपमेयरका उम्मेदवारहरूले १६६३ अर्थात १.३३ प्रतिशत मत पाएका छन्।

काठमाडौं महानगरपालिकाको २९ वटा वडाको मतगणना सकिएको छ। वडा नम्बर १४, १५ र १६ बाहेक सबै वडाको मत गणना सकिएको छ। हालसम्म कुल १ लाख ८३ हजार ६७९मत गणना भएको छ। मतगणना अझै जारी छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन