२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बालेन साहको सद्‌भाव र्‍याली, घरघरबाट हात हल्लाएर दिए बधाई (फोटोफिचर)

२०७९, १३ जेष्ठ शुक्रबार ०५:३३

जेठ १३, काठमाडौं | काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित बालेन साहले शुक्रबार धन्यवाद र्‍याली निकालेका छन् । मतगणनास्थल राष्ट्रिय सभा गृहबाट निकालिएको र्‍याली सहरको विभिन्न क्षेत्रमा पुगेको छ । सो क्रममा काठमाडौंवासीले घरघरका छत र झ्यालबाट हात हल्लाएर बालेनलाई बधाई दिएका थिए ।

सडकमै यात्रारत व्यक्तिले आफू सवार सवारी साधनबाटै हात हल्लाएर बधाई दिएका थिए । जवाफ बालेनले पनि हात हल्लाएका थिए । 

सभागृहबाट सुरु भएको र्‍याली भद्ररकाली, त्रिपुरेश्वर, माइतीघर–बबरमहल, बिजुली बजार, यूएन पार्क, शान्तिनगर, तिनकुने, कोटेश्वर, जडीबुटी, सिनामंगल, एयर्पोर्ट, तिलगंगा, गौशाला,  चावहिल, महाराजगंज, सामाखुसी, नयाँ बसपार्क, बालाजु, स्वयम्भु,  सितापाइला, कलंकी, बल्खु, कुलेश्वर, कालीकाम, टेकु, त्रिपुरेश्वर भएर रत्नपार्कस्थित खुलामञ्चमा आएर सभामा परिणत हुनेछ ।

उनको र्‍यालीमा उनका समर्थकहरुको स्वतःस्फूर्त रुपमा सहभागी देखिन्छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै