२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

जिल्ला समन्वय समिति निर्वाचनको तयारीमा जुट्दै दल

२०७९, १८ जेष्ठ बुधबार ०२:५५

जेठ १८, उदयपुर | जिल्ला समन्वय समिति उदयपुरको नेतृत्व चयन गर्न जिल्लाका राजनीतिक दलले आन्तरिक रूपमा तयारी थालेका छन् । २०७४ मा तत्कालीन नेकपा एमालेले जिल्ला समन्वय समितिको सम्पूर्ण बोर्ड नै चयन गरेको थियो । 

जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुखसहित चारवटा प्रदेशसभा निर्वाचन क्षेत्रबाट ३/३ जनाका दरले सदस्य निर्वाचित गर्ने प्रावधान रहेको छ ।

स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिमध्येबाट समन्वय समितिको उम्मेदवार बनाउनुपर्ने कानुनी व्यवस्था छ । निर्वाचित वडा सदस्यमध्येबाट समन्वय समितिको उम्मेदवार बनाउने गरिन्छ । ती उम्मेदवारलाई गाउँपालिका/नगरपालिका प्रमुख र उपप्रमुखले मात्र मतदान गर्न पाउँछन् ।  

कुल आठवटा स्थानीय तह रहेको उदयपुरमा समन्वय समितिको निर्वाचनमा प्रमुख र उपप्रमुखसहित १६ जना मतदाता रहेका छन् ।

यस पटक समन्वय समिति निर्वाचनमा कांग्रेसका सात जना, नेकपा एमालेका पाँच र नेकपा (माओवादी केन्द्र)का तीन र नेकपा एकीकृत समाजवादीका एक  जनाले मतदान गर्दैछन् । कांग्रेसले बेलका, त्रियुगा, कटारी नगरपालिकामा प्रमुख तथा ताप्ली, रौतामाई, लिम्चुङबुङ र उदयपुरगढीमा उपाध्यक्ष जितेको छ ।

नेकपा एमालेले चौदण्डीगढी नगरपालिकाको नगर प्रमख/उप्रमुख, त्रियुगा नगरपालिकाको उपप्रमुख, बेलका नगरपालिकाको उपप्रमुख र कटारी नगरपालिकाको उपप्रमुख जितेको छ ।

त्यसैगरी माओवादी केन्द्रले ताप्ली, रौतामाई र लिम्चुङबुङ गाउँपालिकाको प्रमुख र एकीकृत समाजवादीले उदयपुरगढी गाउँपालिकाको प्रमुख जितेको जिल्ला निर्वाचन कार्यालय उदयपुरले जनाएको छ ।

जिल्लाका अधिकांश स्थानीय तहको कार्यपालिका (बोर्ड) सदस्य पदको परिणाम सार्वजनिक भइसकेको छ । कार्यपालिका सदस्यको निर्वाचनपछि दलहरूको ध्यान जिल्ला समन्वय समितिको निर्वाचनतर्फ केन्द्रित हुन पुगेको हो ।

समन्वय समितिको नेतृत्व गर्न दलहरूबीच आन्तरिक तयारी भएको हो । तर, कुनै दलको स्पष्ट बहुमत पुग्ने अवस्था छैन ।  

समन्वय समितिको निर्वाचन मिति यकिन नभए पनि पार्टीले आन्तरिक रूपमा तयारी सुरु गरेको एक नेताले बताए । पार्टीभित्र अनौपचारिक रूपमा  छलफल भए पनि उम्मेदवारको टुंगो लगाउने विषयमा अझै प्रवेश नगरेको बताए ।

गठबन्धनबिना पुग्दैन बहुमत

गत वैशाखमा ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादी र जनमोर्चाबीच केन्द्रमा गठबन्धन बनेको थियो ।

तर, जिल्लामा भने केन्द्रको अनुरुप गठबन्धन हुन सकेन।

उदयपुरमा काग्रेसको सात मत रहेको छ । काग्रेसबाहेकका दलहरू एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी मिले सुविधाजनक बहुमत हुने देखिन्छ । 

अर्थात् कांग्रेस–माओवादी गठबन्धन भए पनि बहुमत पुग्ने देखिएको छ । तर, कुन–कुन दलहरूबीच गठबन्धन हुन्छ भन्ने निश्चित भएको छैन । 

सोमबार भने गठबन्धनका दलहरूको बैठकले जिल्ला समन्वय समिति र बाँकी रहेका गाउँ/नगर कार्यपालिकाको गठनमा तालमेल गर्न निर्देशनि दिइसकेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल