१९ चैत्र २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

जिल्ला समन्वय समिति निर्वाचनको तयारीमा जुट्दै दल

१८ जेष्ठ २०७९, बुधबार ०२:५५

जेठ १८, उदयपुर | जिल्ला समन्वय समिति उदयपुरको नेतृत्व चयन गर्न जिल्लाका राजनीतिक दलले आन्तरिक रूपमा तयारी थालेका छन् । २०७४ मा तत्कालीन नेकपा एमालेले जिल्ला समन्वय समितिको सम्पूर्ण बोर्ड नै चयन गरेको थियो । 

जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुखसहित चारवटा प्रदेशसभा निर्वाचन क्षेत्रबाट ३/३ जनाका दरले सदस्य निर्वाचित गर्ने प्रावधान रहेको छ ।

स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिमध्येबाट समन्वय समितिको उम्मेदवार बनाउनुपर्ने कानुनी व्यवस्था छ । निर्वाचित वडा सदस्यमध्येबाट समन्वय समितिको उम्मेदवार बनाउने गरिन्छ । ती उम्मेदवारलाई गाउँपालिका/नगरपालिका प्रमुख र उपप्रमुखले मात्र मतदान गर्न पाउँछन् ।  

कुल आठवटा स्थानीय तह रहेको उदयपुरमा समन्वय समितिको निर्वाचनमा प्रमुख र उपप्रमुखसहित १६ जना मतदाता रहेका छन् ।

यस पटक समन्वय समिति निर्वाचनमा कांग्रेसका सात जना, नेकपा एमालेका पाँच र नेकपा (माओवादी केन्द्र)का तीन र नेकपा एकीकृत समाजवादीका एक  जनाले मतदान गर्दैछन् । कांग्रेसले बेलका, त्रियुगा, कटारी नगरपालिकामा प्रमुख तथा ताप्ली, रौतामाई, लिम्चुङबुङ र उदयपुरगढीमा उपाध्यक्ष जितेको छ ।

नेकपा एमालेले चौदण्डीगढी नगरपालिकाको नगर प्रमख/उप्रमुख, त्रियुगा नगरपालिकाको उपप्रमुख, बेलका नगरपालिकाको उपप्रमुख र कटारी नगरपालिकाको उपप्रमुख जितेको छ ।

त्यसैगरी माओवादी केन्द्रले ताप्ली, रौतामाई र लिम्चुङबुङ गाउँपालिकाको प्रमुख र एकीकृत समाजवादीले उदयपुरगढी गाउँपालिकाको प्रमुख जितेको जिल्ला निर्वाचन कार्यालय उदयपुरले जनाएको छ ।

जिल्लाका अधिकांश स्थानीय तहको कार्यपालिका (बोर्ड) सदस्य पदको परिणाम सार्वजनिक भइसकेको छ । कार्यपालिका सदस्यको निर्वाचनपछि दलहरूको ध्यान जिल्ला समन्वय समितिको निर्वाचनतर्फ केन्द्रित हुन पुगेको हो ।

समन्वय समितिको नेतृत्व गर्न दलहरूबीच आन्तरिक तयारी भएको हो । तर, कुनै दलको स्पष्ट बहुमत पुग्ने अवस्था छैन ।  

समन्वय समितिको निर्वाचन मिति यकिन नभए पनि पार्टीले आन्तरिक रूपमा तयारी सुरु गरेको एक नेताले बताए । पार्टीभित्र अनौपचारिक रूपमा  छलफल भए पनि उम्मेदवारको टुंगो लगाउने विषयमा अझै प्रवेश नगरेको बताए ।

गठबन्धनबिना पुग्दैन बहुमत

गत वैशाखमा ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादी र जनमोर्चाबीच केन्द्रमा गठबन्धन बनेको थियो ।

तर, जिल्लामा भने केन्द्रको अनुरुप गठबन्धन हुन सकेन।

उदयपुरमा काग्रेसको सात मत रहेको छ । काग्रेसबाहेकका दलहरू एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी मिले सुविधाजनक बहुमत हुने देखिन्छ । 

अर्थात् कांग्रेस–माओवादी गठबन्धन भए पनि बहुमत पुग्ने देखिएको छ । तर, कुन–कुन दलहरूबीच गठबन्धन हुन्छ भन्ने निश्चित भएको छैन । 

सोमबार भने गठबन्धनका दलहरूको बैठकले जिल्ला समन्वय समिति र बाँकी रहेका गाउँ/नगर कार्यपालिकाको गठनमा तालमेल गर्न निर्देशनि दिइसकेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकार सुरेश रजकको शव एक्सरे गरेपछि मात्र पोष्टमार्टम गर्ने चिकित्सकको अडान यी हुन् देउवासहित प्रतिनिधि सभामा धेरै गयल हुने सात सांसदहरू कुलमान र हितेन्द्रदेवको रिटमा आएन आदेश, हेर्दाहेर्दैमा राखियो तीनकुने घटनामा सुरक्षा चुक भएको भन्दै रास्वपा सांसद सोविताले मागिन् गृहमन्त्रीको राजीनामा प्रहरी चौकी र वडा कार्यालयको जग्गा भूमाफियाका नाममा यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु (निर्णयसहित) नेप्सेमा दोहोरो अंकको गिरावट, ५ अर्ब ७९ करोडको कारोबार सरकारको गतिमा सबैको चित्त बुझेको छैन, गियर बदल्नुपर्‍यो : सांसद खतिवडा फरार सांसद बस्नेतको बिदा संसदबाट स्वीकृत कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई राजावादी प्रदर्शनमा संलग्न थप २० जना पक्राउ कलंकीमा बिजुलीको पोलमा आगलागी  अमेरिकाबाट डिपोर्ट भएका भुटानी शरणार्थी नेपाल छिर्दै, चारजना नियन्त्रणमा तीनकुने प्रदर्शनमा मृत्यु भएका सविनको पोस्टमार्टम गरियो, आजै अन्त्येष्टि गुजरातमा पटाका कारखानामा विस्फोट, १० जनाको मृत्यु दीपक बोहोराको निधन राप्रपा र राष्ट्रवादी आन्दोलनमा अपूरणीय क्षति : लिङदेन बिमस्टेकमा भाग लिन प्रधानमन्त्री थाइल्याण्ड प्रस्थान यूएईले ६६ नेपाली बन्दीलाई दियो आम माफी, सरकारद्वारा कृतज्ञता व्यक्त दुर्गा प्रसाईंलाई माधव नेपालले भने– गाउँको हुल्लडबाज सुनसरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा पुरुषको मृत्यु, महिला घाइते