२०८३, ६ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस अहंकारको बाटोमा छैन, आशंका गर्नुपर्दैन : कांग्रेस प्रवक्ता महत

२०७९, २० जेष्ठ शुक्रबार ०६:१०

जेठ २०, काठमाडौं | नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाश शरण महतले कांग्रेस अहंकारको बाटोमा नरहेको बताएका छन् । सत्ता सहयात्री दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई थर्काएको भनेर बुझ्न नहुने पनि उनले बताएका छन् । शुक्रबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै महतले सो कुरा बताएका हुन् ।

केही दिनअघि प्रचण्डले एक सार्वजनिक कार्यक्रममा कांग्रेसले पनि दम्भ र अहंकार बोके एमालेलाई जसरी ठेगान लगाइदिने चेतावनी दिएका थिए । प्रचण्डको सोही कुरालाई थर्काएको भनेर बुझ्न नमिल्ने उनले बताए ।

‘उहाँ (प्रचण्ड)ले आफ्ना कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा त्यो भन्नुभयो होला । त्यसलाई ज्यादा महत्व दिनुपर्छ भन्ने म ठान्दिनँ’, उनले भने, ‘नेपाली कांग्रेस कहिल्यै पनि अहंकारको बाटोमा छैन । यस विषयमा उहाँले आशंका गर्नुपर्ने आशंका पनि छैन ।’कांग्रेसले वास्तविकताको धरातलमा उभिएर राजनीति गर्ने उनले बताए । कांग्रेसको नेतृत्व एमालेको नेतृत्व जस्तो अहंकारको बाटोमा हिँड्छ कि भनेर आशंका गर्न जरुरी नभएको भन्दै उनले कांग्रेस सभापति आफू नै सर्वेसर्वा भनेर नहिँडेको बताए । जिससको निर्वाचनमा पनि गठबन्धनका दलहरूबीच सहकार्य गर्ने सहमति भएको भन्दै उनले त्यसमा सबै दल प्रतिबद्ध हुनुपर्ने बताए । 

केही ठाउँमा अपवादबाहेक स्थानीय तहको निर्वाचनको परिणाम सकारात्मक आएको उनले बताए । पाँच दलीय गठबन्धनको सफल परीक्षण भएको भन्दै उनले आउँदो प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पनि गठबन्धनका दलबीच सहकार्य हुने उनले विश्वास व्यक्त गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक सुन-चाँदीको मूल्य बढ्यो विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्ध मुद्दा दायर नेप्सेमा सामान्य गिरावट स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी एमाले सचिवालय बैठक जारी सुनको मूल्य बढ्यो नेपाललाई स्कटल्याण्डले दियो १९५ रनको सामान्य लक्ष्य वायु प्रदर्शनका कारण धेरैजना क्यान्सर पीडित भएका छन् : इन्दिरा राना मगर