२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

दशरथचन्दको पहिलो कार्यपालिका बैठक : सदरमुकामको खानेपानी व्यवस्थित गरिने

२०७९, २१ जेष्ठ शनिबार १५:००

जेठ २१, बैतडी | बैतडीको दशरथचन्द नगरपालिका नगर कार्यपालिकाको पहिलो बैठक आज सम्पन्न भएको छ । बैठकले नगर कार्यपालिकाका विषयगत समितिहरू गठन गरेको छ । 

नगरपालिकाका मेयर पुष्करराज जोशी (लख्खाभाइ)को अध्यक्षतामा आज बसेको कार्यपालिका बैठकले विषयगत समिति गठन गर्नुका साथै जिल्ला सदरमुकामको खानेपानी व्यवस्थापनका विषयमा निर्णय गरेको छ । 

नगर कार्यपालिकाका विषयगत समिति अन्तरगत सुशासन तथा संस्थागत विकास समिति संयोजकमा हरिदत्त बडू, आर्थिक विकास समिति संयोजकमा जयदत्त पन्त, सामाजिक विकास समिति संयोजकमा मोहनदेव जोशी, पूर्वाधार विकास समिति संयोजकमा आज पाण्डेय, वन वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजकमा भानदेव भट्टलाई चयन गरिएको छ । 

कार्यपालिकाको पहिलो बैठकले जिल्ला सदरमुकामको खानेपानीलाई व्यवस्थित गर्ने निर्णय गरेको छ । नगरपालिकाका वडा नम्बर ४, ५, ६ र ८ मा १२ सय घरधुरीका लागि सञ्चालित बृहत् खानेपानीलाई व्यवस्थित गर्न सुतेगाड मुहानबाट आउने पानी व्यवस्थित गरिने निर्णय भएको छ । उक्त खानेपानी व्यवस्थित गर्न विस्तृत सर्भे डिजाइन तयार गर्ने निर्णय गरिएको हो । यसअघि वडा नम्बर ४ को वडा समिति बैठकले समेत खानेपानी समस्या समाधानको माग गरेको थियो । 

यसका साथै बैठकमा शव वाहन सञ्चालनका विषयमा छलफल भएको छ । यसअघिनै नगरवासीलाई निःशुल्क शव वाहन उपलब्ध गराउने कार्यको सुरुवात गरिसकेको नगरपालिकाले आफ्नै शव वाहन खरिद नगर्दा सम्म जिल्ला अस्पतालसँग समन्वय गर्ने तथा नगरपालिकाको टिप्परको प्रयोग गर्ने जनाएको छ । 

नगरप्रमुख जोशीले नगर बस सञ्चालन, निःशुल्क शव वाहन तथा एम्बुलेन्स सञ्चालन गर्ने प्रतिबद्धता यसअघि नै गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन