१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

विगतका काम सम्झेर फेरि काम गर्ने मौका दिनुस् : सीता गुरुङ

२७ कार्तिक २०७९, आईतवार ०९:५३

कात्तिक २७, तेह्रथुम | कांग्रेसकी केन्द्रीय सदस्य तथा लोकतान्त्रिक बाम गठबन्धनका तेह्रथुमकी साझा उम्मेदवार सीता गुरुङले विगतमा गरेका योगदानको मुल्यांङन गरी जिल्लाको विकास र सम्मृद्धिका निम्ति आफूलाई काम गर्ने मौका दिन मतदातासँग अनुरोध गरेकी छिन् । ‘मैले ३१ बर्ष लामो उर्जासिल उमेर तेह्रथुमको विकासको निम्ती खर्चेको छु । छथरदेखि आठराईसम्मको नागरिकहरूको समस्या नजिँकैबाट नियालेको छु । जिल्लाको विकासको निम्ती अल्पकालिन र दीर्घकालिन योजना बनाएर तपाईहरू सामु आएको छु । विगतमा मैले गरेको कामहरुलाई सम्झिनुस् । अनि मलाई काम गर्न मौका दिनुस्,’ उनले भने । 

गुरुङ ०७४ सालमा तेह्रथुम जिल्लाबाट प्रतिनिधिसभामा उम्मेदवार बनेकी थिइन् । त्यसबेला एमालेका भवानी खापुङसँग दुई हजार २१ मतले पराजित भएकी थिइन् । खापुङ २१ हजार तीन सय ३५ मत ल्याएर विजयी भएका थिए भने गुरुङले १९ हजार तीन सय १४ मत ल्याएर पराजित बनेकी थिइन् । खापुङ अहिले एकिकृत समाजवादी पार्टीमा रहेकाले यसपटक उनैको सहयोग र सत्ता गठबन्धनको साथमा उम्मेदवार बनेकी छिन् । 

गुरुङसँग एमालेका डाक्टर विजय सुब्बा चुवानी मैदानमा छन्  । उनी एकल चुवानी प्रतिश्पर्धामा छ । अंक गणितीय रुपमा हेर्ने हो भने स्थानीय तह चुनावमा वडाध्यक्षहरूले पाएको मतका आधारमा तेह्रथुममा एमाले सबैभन्दा ठूलो दल हो । एमाले एक्लैको यहाँ २२ हजार तीन सय १२ मत छ । तर, सत्तारुढ गठबन्धनमा आबद्ध सबै दलको मत जोड्दा भने एमाले पछि छ ।

यहाँ कांग्रेसको २१ हजार नाै सय ११ र माओवादी केन्द्रको ६ सय ८६ र एकीकृत समाजवादीको पाँच सय ४६ मत छ । ०६४ सालबाहेक तेह्रथुमबाट सबै चुनाव एमालेले जितेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण