१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफ्नो पार्टीको सरकार बने २० लाख युवालाई रोजगारी दिने रवि लामिछानेको घोषणा

१ मंसिर २०७९, बिहीबार १२:०१

मङ्सिर १, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चितवनले सिंगो देशलाई न्याय गर्ने बताएका छन् । बिहीबार चितवनको नारायणी किनारमा भएको चुनावी सभालाई सम्बोधन गर्दै चितवन २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका लामिछानेले आफू पटक पटक चक्रव्यूहमा पर्दै आएको भन्दै त्यस्ता चक्रव्यूह पार गरेर नेपाली जनताको सम्मृद्धिमा साथ दिन आएको बताए । 


‘मलाई पटक पटक प्रश्नको घेरामा राखिन्छ र शंकाको तीर रोपिन्छ’, लामिछानेले भने, ‘दुर्गममा अस्पताल बनाउँदा के बिगारे ? अब त म ज्युँदो छु भनेर भन्नेछन् ।’ उनले आफू विवादसँग डराउने मान्छे समेत रहेको भन्दै आज उनीहरू कहाँ छन् थाहा नभएको तर आफू देशभरका दुःख पाएका जनताको घरमा पुगिरहेको बताए ।  उनले चितवन अन्याय नसहने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीको अभियान आफू बन्न नभएको बताउँदै घण्टीले देशलाई परिवर्तन गरेरै छाड्ने दावी गरे । उनले आफ्नो राजनीतिक जीवनभरी स्वदेशी कपडा लगाउने कसम खाएको भन्दै त्यसको अर्थ स्वदेशमै उद्योग स्थापना गर्ने रहेको बताए ।  उनले चुनावी छलखेलबारे आफुलाई सबै थाहा भएको पनि बताए । चितवनमा लागेको दाग मेटन् आएको भन्दै कसैले धाँधली गर्छु भन्ने सपना नदेख्न चेतावनी दिए ।  आफू राजनीतिमा विस्थापन गर्न नभइ व्यवस्थापन गर्न आएको बताए । 

उनले देशका युवाहरूलाई फ्रि भिसा फ्रि टिकटमा विदेश पठाउने स्किम आएको आफूले सुनेको भन्दै आफ्नो पार्टीको स्किम सुन्न आग्रह गरे । भने, ‘हामीले सरकार बनायौं भने सय दिनभित्र कम्तीमा पनि सय जना युवालाई यो देशमा फ्रि टिकटमा रोजगारी दिन विदेशका गल्ली गल्लीमा स्टिकर टाँस्ने छौ ।’ उनले आफ्नो पार्टीलाई सरकार बनाउने बहुमत दिए विदेशमा काम गरिरहेका युवाहरूलाई यही देशमा रोजगारी दिने र बिस्तारै २० लाख युवाले यहि देशमा रोजगारी पाउने अवस्था बनाउने बताए । 

कार्यक्रममा सो पार्टीका उपसभापति डोलप्रसाद अर्यालले ५ दिन खुवाएर ५ बर्ष रुवाउने नेताहरूको विदाई गर्नुपर्ने भन्दै त्यो दिन मंसिर ४ मा भएकाले मतदाताले प्रयोग गर्नुपर्ने बताए ।  उनले भने– ‘हामीले नारा होइन, पारा ठिक भएको नेता जन्माउनुपर्ने छ । त्यस्तो नेता यसैगरी जन्मिन्छ ।’ उनले रवि लामिछानेजस्ता नेतालाई संसदमा पुर्याए भ्रष्टाचारको जरो हल्लिने र अर्को चुनावसम्ममा  भ्रष्टाचारको पुरै जरो उखेल्ने दावी समेत गरे । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन