२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफ्नो पार्टीको सरकार बने २० लाख युवालाई रोजगारी दिने रवि लामिछानेको घोषणा

२०७९, १ मंसिर बिहीबार १२:०१

मङ्सिर १, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चितवनले सिंगो देशलाई न्याय गर्ने बताएका छन् । बिहीबार चितवनको नारायणी किनारमा भएको चुनावी सभालाई सम्बोधन गर्दै चितवन २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका लामिछानेले आफू पटक पटक चक्रव्यूहमा पर्दै आएको भन्दै त्यस्ता चक्रव्यूह पार गरेर नेपाली जनताको सम्मृद्धिमा साथ दिन आएको बताए । 


‘मलाई पटक पटक प्रश्नको घेरामा राखिन्छ र शंकाको तीर रोपिन्छ’, लामिछानेले भने, ‘दुर्गममा अस्पताल बनाउँदा के बिगारे ? अब त म ज्युँदो छु भनेर भन्नेछन् ।’ उनले आफू विवादसँग डराउने मान्छे समेत रहेको भन्दै आज उनीहरू कहाँ छन् थाहा नभएको तर आफू देशभरका दुःख पाएका जनताको घरमा पुगिरहेको बताए ।  उनले चितवन अन्याय नसहने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीको अभियान आफू बन्न नभएको बताउँदै घण्टीले देशलाई परिवर्तन गरेरै छाड्ने दावी गरे । उनले आफ्नो राजनीतिक जीवनभरी स्वदेशी कपडा लगाउने कसम खाएको भन्दै त्यसको अर्थ स्वदेशमै उद्योग स्थापना गर्ने रहेको बताए ।  उनले चुनावी छलखेलबारे आफुलाई सबै थाहा भएको पनि बताए । चितवनमा लागेको दाग मेटन् आएको भन्दै कसैले धाँधली गर्छु भन्ने सपना नदेख्न चेतावनी दिए ।  आफू राजनीतिमा विस्थापन गर्न नभइ व्यवस्थापन गर्न आएको बताए । 

उनले देशका युवाहरूलाई फ्रि भिसा फ्रि टिकटमा विदेश पठाउने स्किम आएको आफूले सुनेको भन्दै आफ्नो पार्टीको स्किम सुन्न आग्रह गरे । भने, ‘हामीले सरकार बनायौं भने सय दिनभित्र कम्तीमा पनि सय जना युवालाई यो देशमा फ्रि टिकटमा रोजगारी दिन विदेशका गल्ली गल्लीमा स्टिकर टाँस्ने छौ ।’ उनले आफ्नो पार्टीलाई सरकार बनाउने बहुमत दिए विदेशमा काम गरिरहेका युवाहरूलाई यही देशमा रोजगारी दिने र बिस्तारै २० लाख युवाले यहि देशमा रोजगारी पाउने अवस्था बनाउने बताए । 

कार्यक्रममा सो पार्टीका उपसभापति डोलप्रसाद अर्यालले ५ दिन खुवाएर ५ बर्ष रुवाउने नेताहरूको विदाई गर्नुपर्ने भन्दै त्यो दिन मंसिर ४ मा भएकाले मतदाताले प्रयोग गर्नुपर्ने बताए ।  उनले भने– ‘हामीले नारा होइन, पारा ठिक भएको नेता जन्माउनुपर्ने छ । त्यस्तो नेता यसैगरी जन्मिन्छ ।’ उनले रवि लामिछानेजस्ता नेतालाई संसदमा पुर्याए भ्रष्टाचारको जरो हल्लिने र अर्को चुनावसम्ममा  भ्रष्टाचारको पुरै जरो उखेल्ने दावी समेत गरे । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने