मङ्सिर ४, गुल्मी | गुल्मी जिल्लाको मालिका गाउँपालिका–५ को छापहिले माध्यमिक विद्यालयको (क) मतदान केन्द्रमा रोकिएको मतदान सुचारु भएको छ। प्रतिनिधि सभा निर्वाचको मतपत्र दिने क्रममा प्रदेश सभाको मतपत्र दिएको पाइएपछि मतदान करिब २ घण्टा रोकिएको थियो।
सर्वदलीय सहमतिपछि मतदान पुनः सुरु भएको हो। उक्त केन्द्रमा खसेका ५४ वटा मतलाई बदर गर्दै पुनः मतदान सुचारु भएको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले बताए।