१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

निर्वाचन शान्तिपूर्णरुपमा सञ्चालन भइरहेको छ : अध्यक्ष ओली

४ मंसिर २०७९, आईतवार ०९:२९

मङ्सिर ४, भक्तपुर | नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जारी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन शान्तिपूर्णरुपमा सञ्चालन भइरहेको बताउनुभएको छ । 

आज भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदानपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, “देशभरको अवस्था हेर्दा आमरुपमा निर्वाचन शान्तिपूर्ण र निर्वाध रुपमा भइरहेको छ, र यसै गरी सम्पन्न हुनेमा म  विश्वस्त छु ।”

उहाँले अर्को एक प्रसङ्गमा मङ्सिर १५ गतेभित्रै देशले एमालेको नेतृत्वमा नयाँ सरकार पाउने दाबी पनि गर्नुभएको छ । यसवर्ष मतगणना छिटो सम्पन्न हुने भएकाले मङ्सिर १५ गतेभित्रै देशले नयाँ सरकार पाउने उहाँको भनाइ छ । 

अध्यक्ष ओलीले भन्नुभयो, “यो निर्वाचन देशका लागि महत्वपूर्ण निर्वाचन हो, यही निर्वाचनले देशलाई सकारात्मक बाटोमा अगाडि बढाउँछ भन्ने विश्वास गरेको छु । त्यसैले मतदान गर्न बाँकी भएका सबै मतदाताले आफूलाई मन परेको दल र नेतालाई मतदान गर्न आग्रह गर्दछु ।”

ओली झापा निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण