२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

म्याग्दीमा मतगणना जारी: कांग्रेसका गर्बुजाको अग्रता

२०७९, ६ मंसिर मंगलवार ०१:१६

मङ्सिर ६, म्याग्दी । म्याग्दीमा आइतवार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मतगणना जारी रहेको छ ।

सोमबार राति ९ बजेबाट सुरु भएको मतगणना आज बिहान ५ः३० बजेसम्म धौलागिरि गाउँपालिका र मालिका गाउँपालिका–१ निस्कोटको गणना सम्पन्न भएको छ । पछिल्लो मत परिणामअन्तर्गत प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका खमबहादुर गर्बुजा (खम्वीर) ले तीन सय मतले अग्रता कायमै राख्नुभएको छ । निस्कोटको मतगणना गरिसक्दा गर्बुजाले तीन हजार एक सय ९६ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का हरिकृष्ण श्रेष्ठले दुई हजार आठसय ९६ मत प्राप्त गरेर गर्बुजालाई पछ्याइ रहनुभएको छ ।

त्यसैगरी प्रदेशसभा (२) को पनि मतगणना जारी रहेको छ । मतगणनाको पछिल्लो परिणामअनुसार गठबन्धनका तर्फबाट नेकपामा ओवादीका रेशम जुग्जाली (सुविन)ले दुई हजार नौ सय ८२ र र नेकपा (एमाले)का यामबहादुर गर्बुजाले तीन हजार १० मत प्राप्त गर्नुभएको छ । 

नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जुग्जालीले २८ मतले अग्रता कायम गर्नुभएको छ । जिल्लाभरि  ८६ हजार एक सय २० मतदाता रहेकोमा ५० हजार छ सय २५ मत खसेको थियो । प्रदेशसभा निर्वाचन क्षेत्र नं २ बाट मतगणना सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता