१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

चिकित्सक बन्न छोडेर राजनीतिमा होमिएकी सीता

१५ मंसिर २०७९, बिहीबार ०६:५१

मङ्सिर १५, तेह्रथुम | तेह्रथुमको आठराई गाउँपालिका–४ इवामा २०३४ सालमा जन्मिुनभएकी सीता गुरुङका बुबा पदमबहादुरको चाहना फरक थियो । पदमबहादुर आफ्नी जेठी छोरी सीता चिकित्सक बनोस् भन्ने चाहनुहुन्थ्यो । त्यही भएर सीतालाई स्टाफ नर्स पढ्न कर गर्नुभयो । उहाँले छ महिना जति पढ्नु पनि भयो । तर एक्कासी सीताको मनमा अरु नै कुरा खेल्न थाल्यो ।  


चिकित्सकको सम्बन्ध त बिरामीसँग मात्र हुन्छ, बिरामी भएर आएका जति सबैलाई बचाउन सकिँदैन, यस्ता यस्ता कुरा मनमा खेल्न थालेपछि सीताले स्टाफ नर्स पढ्न पटक्कै मान्नुभएन र उहाँ घर फर्किनुभयो । प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका तर्फबाट तेह्रथुमबाट निर्वाचित सीता गुरुङ इवामा जन्मिए पनि उहाँको प्रारम्भिक शिक्षा ताप्लेजुङको कञ्चनजङ्गा निमावि याम्फुदिनबाट सुरु भएको हो । बुबा पदमबहादुर पञ्चायतकालदेखि नै राजनीतिमा संलग्न हुनुहुन्थ्यो । बुबाको राजनीति देखेर सानैदेखि प्रभावित सीता २०४६ सालको जनआन्दोलनमा प्रत्यक्ष रुपमा संलग्न हुनुभयो । उहाँ त्यतिबेला खबर ओसारप्रसारमा संलग्न हुनुभएको थियो । 

विसं २०४६ अघिदेखि नै राजनीतिमा चासो राख्नुभएकी सीता त्रिमोहन माध्यमिक विद्यालयमा पढ्दा नेपाल विद्यार्थी सङ्घमा आबद्ध हुनुभयो । उहाँको औपचारिक राजनीतिक यात्रा यहीँबाट सुरु भएको हो । “सानैदेखि समाजमा भएका गतिविधिबाट म प्रभावित भए”, प्रतिनिधिसभा सदस्यमा निर्वाचित सीताले भन्नुभयो, “महिला माथिको हिंसा र त्यसको न्याय दिने चलन  पटक्कै मन परेन, त्यसविरुद्ध लाग्ने अठोटका साथ राजनीतिमा उत्रिए ।” 

त्यही अठोटका कारण दोस्रोपटक प्रतिनिधिसभामा पाइला राख्न सफल भएको सीताको ठम्याइ छ । उहाँको राजनीतिक यात्रा लामो छ । विद्यार्थी राजनीतिमा लाग्दा २०४८ सालमा सीता नेपाल विद्यार्थी सङ्घ तेह्रथुमको सचिव बन्नुभयो । विसं २०५४ मा उहाँ नेपाल तरुण दलको कोषाध्यक्ष तथा २०५७ सालमा नेपाल महिला सङ्घ तेह्रथुमको अध्यक्ष बन्नुभएको थियो । 

विसं २०५८ मा नेपाल महिला सङ्घ केन्द्रीय सदस्य बन्नुभएकी सीता २०६० सालमा सचिव बन्नुभएको थियो । लगातार पार्टी राजनीतिमा लाग्नुभएकी उहाँ २०६२ मा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि हुँदै २०६४ सालमा कांग्रेसको नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको कार्यकारिणी समिति सदस्य बन्नुभयो ।  

विसं २०६४ मा भएको संविधानसभाको पहिलो निर्वाचनमा संविधानसभा सदस्य बन्नुभएकी सीताले संविधानसभाअन्तर्गतको २०६५ मा राज्यको शासकीयस्वरुप निर्धारण समिति र अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानवअधिकार समितिको सदस्यका रुपमा भूमिका निर्वाह गर्नुभयो । उहाँ तेह्रथुमको इतिहासमा फड्को मार्ने महिलामध्येको एउटा हुनुहुन्छ । दोस्रो संविधासभामासमेत प्रतिनिधित्व गर्ने मौका पाउनुभएकी सीता संविधान मस्यौदा समिति र राज्य व्यवस्था समितिको सदस्य बन्नुभएको थियो ।

 तेह्रथुमको प्रतिनिधित्व गर्दै सीता २०७४ सालमा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री बन्नुभयो । उहाँ  २०७४ सालको निर्वाचनमा स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङसँग दुई हजार २१ मतले पराजित हुनुभएको थियो । दोस्रो प्रयासमा यस पटक नेकपा (एमाले) का विजय सुब्बालाई एक हजार ७९ मतान्तरले पराजित गर्दै सीता संसद्मा प्रवेश गर्दैहुनुहुन्छ । सीताले १९ हजार सात सय दुुई मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी सुब्बाले १८ हजार छ सय २३ मत पाउनुभएको थियो । 

विसं २०६७ देखि निरन्तर नेपाली कांग्रेसका केन्द्रीय सदस्य रहनुभएकी सीतालाई साहसिक महिलाका रुपमा हेर्ने गरिएको छ । “तेह्रथुमको विकास र समृद्धिका लागि लामो समयदेखि भूमिका निभाएकै कारण मलाई जनताले साथ दिएका हुन्”, उहाँले भन्नुभयो, “अबका दिनमा जनतालाई हरेक समस्या र परिस्थितिमा साथ दिन्छु”, नवनिर्वाचित सांसद सीताले भन्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल