२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सकिनै लाग्यो समानुपातिक मत गणना, कुन दलले कति पाए?

२०७९, १६ मंसिर शुक्रबार ०५:५४

मङ्सिर १६, काठमाडौँ | प्रतिनिधिसभातर्फ समानुपातिक मत गणना सकिने चरणमा पुगेको छ। यो खबर तयार पार्दासम्म (शुक्रबार बिहान ११ बजे) १ करोड ३ लाख ८२ हजार ०८५ समानुपातिक मत सदर भइसकेका छन्। 

निर्वाचन आयोगको प्रारम्भिक अनुमानअनुसार मंसिर ४ को निर्वाचनमा कूल मतदाता १ करोड ७९ लाख ८८ हजार ५७० जनामध्ये ६१ प्रतिशत मतदानमा सहभागी भएका छन्। यस हिसाबले चुनावमा १ करोड ९ लाख ७० हजारभन्दा बढी मतदान भएको देखिन्छ। तर यसमध्ये ३ लाख हाराहारी मत बदर भएको अनुमान आयोगले गरेको छ।

समानुपातिक मतगणना: कुन दलले कति पायो मत? – Karnalisandesh

अब खसेको कूल मत १ करोड ९ लाख ७० हजारबाट बदर मत ३ लाख घटाउँदा कूल सदर मत १ करोड ६ लाख ७० हजार आसपास हुन्छ। यसको ३ प्रतिशतलाई थ्रेस होल्ड सीमा मानिएको छ। अर्थात् थ्रेस होल्ड कटाउन दलहरूले ३ लाख २० हजारभन्दा बढी मत प्राप्त गर्नुपर्ने देखिन्छ। प्रतिनिधिसभा प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेर  समानुपातिकको थ्रेस होल्ड पार गर्ने पार्टीले मात्र राष्ट्रिय दलको मान्यता पाउने प्रावधान छ। प्रत्यक्षतर्फ एउटा पनि सिट नजितेको तर समानुपातिकमा थ्रेस होल्ड कटाएका दलले राष्ट्रिय दलको मान्यता नपाए पनि मतको संख्याअनुसार सिट भने पाउने व्यवस्था छ। जुन दलले थ्रेस होल्ड कटाउन सक्दैनन्, ती दलले पाएका समानुपातिक मत भने गणना गरिँदैन अर्थात् खेर जान्छ। 

अहिलेसम्म प्रत्यक्षतर्फ सिट जितेका नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय दलको मान्यता पाउनेगरी पर्याप्त समानुपातिक मत प्राप्त गरिसकेका छन्। 

प्रत्यक्षतर्फ १० सिट जिते पनि सत्तारुढ नेकपा एकीकृत समाजवादीले भने अझै समानुपातिक मतको संख्या ३ लाख पनि पुर्‍याउन सकेको छैन। यो खबर लेख्दासम्म उसले २ लाख ९४ हजार ६३ मत मात्र ल्याएको छ। 

अहिलेसम्म कुन दलले कति समानुपातिक मत ल्याए त? हेर्नुहोस् ताजा सूची 

नेकपा एमाले 

२७,७३,९९९

नेपाली कांग्रेस

२६,४४,२४१

एकल चिह्न गोलाकारभित्र हँसिया हथौडा (नेकपा माओवादी केन्द्र/नेपाल समाजवादी पार्टी)

११,६१,२५६

राष्ट्रिय स्वतन्त्र पार्टी

११,१९,९९६

राष्ट्रिय प्रजातन्त्र पार्टी

५,८५,९२१

जनता समाजवादी पार्टी, नेपाल

४,२०,९३१

जनमत पार्टी

३,९४,३४५

नेकपा एकीकृत समाजवादी

२,९४,०६३

नागरिक उन्मुक्ति पार्टी

२,७१,६५८

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल

१,६७,२७८

नेपाल मजदुर किसान पार्टी

७५,०४२

हाम्रो नेपाली पार्टी

५५,५९०

मंगोल नेसनल अर्गनाइजेसन

४८,५०४

राष्ट्रिय जनमोर्चा

४६,३४८

नेपाल संघीय समाजवादी पार्टी

४१,८०६

नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी लेनिनवादी)

३०,४११

राष्ट्रिय जनमुक्ति पार्टी

२३,४७७

जनता प्रगतिशिल पार्टी, नेपाल

१८,०४८

एकल चिह्न बच्चा काखमा लिएकी आमा (नेपाल आमा पार्टी/नेपाल नौलो जनवादी पार्टी/सचेत नेपाली पार्टी/नेपाल सुशासन पार्टी)

१७,८३२

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च

१७,७९६

बहुजन एकता पार्टी नेपाल

१७,०६३

नेपाली कांग्रेस (बीपी)

१२,४६७

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल

१२,२६३

नेपाली जनता दल

९,९६६

बहुजन शक्ति पार्टी

९,४३४

नेपालका लागि नेपाली पार्टी

८,३९४

नेपाल कम्युनिस्ट पार्टी

७,९९७

नेपाल लोकतान्त्रिक पार्टी

७,६९२

नेपाल जनता पार्टी

७,५०४

नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल)

७,३७२

मितेरी पार्टी नेपाल

७,०४२

जनजागरण पार्टी नेपाल

६,५३५

आमूल परिवर्तन मसिहा पार्टी नेपाल

६,३८२

तराई मधेश लोकतान्त्रिक पार्टी

५,९६७

जनसमाजवादी पार्टी, नेपाल

५,८६३

एकल चिह्न गितार (सामाजिक एकता पार्टी/नेपाल कम्युनिस् पार्टी (समाजवादी)/नेपाल दलित पार्टी)

५,७७९

पिछडावर्ग निषाद दलित जनजाति पार्टी

५,०९९

विवेकशील साझा पार्टी

४,०३२

एकीकृत शक्ति नेपाल

३,७५०

नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी

३,६९४

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)

३,४००

राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल

३,३३०

मौलिक जरोकिलो पार्टी

३,२०९

नेपाल समावेशी पार्टी

२,९४९

नेपाल कम्युनिस्ट पार्टी परिवर्तन

२,१९१

राष्ट्रिय नागरिक पार्टी

२,१४१

नेस्नलिस्ट पिपल्स पार्टी

२,०१५

स्रोत : निर्वाचन आयोग

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल