२०८३, २ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रतिनिधि सभा विघटन बारे ओलीको धारणा नै प्रचण्डसँग विग्रहको कारण बन्न सक्छ : गगन थापा

२०७९, २५ पुष सोमबार ११:१४

पुस २५, काठमाडौं | पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले दुई पटक गरेको प्रतिनिधि सभा विघटनको बचाउ गरेपछि कांग्रेस महामन्त्री गगन थापाले त्यो विषय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको विग्रहको कारण बन्न सक्ने बताएका छन्।


प्रतिनिधि सभाको पहिलो बैठकमा सम्बोधन गर्ने क्रममा ओलीले प्रतिनिधि सभा विघटन गर्नु प्रतिगमन नभएको दाबी गरेका थिए। उनी प्रधानमन्त्री हुँदा २०७७ पुस र २०७८ जेठमा प्रतिनिधि सभा विघटन गरेका थिए। त्यसविरुद्ध प्रचण्ड लगायतका नेताहरुले संघर्ष गरेका थिए। उनीहरुले ओली कदमलाई प्रतिगमन भनेका थिए।

'यो विषयका बारेमा एक पटक पनि छलफल नगरीकन, सामान्य समीक्षा पनि नगरीकन दुइटा पार्टी एक ठाउँमा जोडिनुभएको छ। आजको पहिलो बैठकमा उहाँहरुले गरेको सम्बोधनले के संकेत गर्छ भने, यो विषय, जुन विषय अघिल्लो प्रतिनिधि सभामा उहाँहरुको बीचको विग्रहको कारक बन्यो। यो विषयको बिजारोपण फेरि भयो। यो नै उहाँहरुबीचको विग्रहको कारक बन्छ', थापाले सोमबार बैठकबाट बाहिरिने क्रममा भने।

आजको प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने क्रममा प्रचण्ड र ओलीले एकअर्कालाई समर्थन गरिरहेको भए पनि ओलीले प्रतिनिधि सभा विघटनको कुरा गरेर प्रधानमन्त्री प्रचण्डलाई अप्ठ्यारोमा पारेको थापाको भनाइ छ। प्रचण्ड अलमल परेको देख्दा उनीप्रति सहानुभूति जागेको थापाको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन