१ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माछा खाएपछि दूध पिउँदा सेतो दुबी आउँछ ? डाक्टरको धारणा बुझ्नुहोस्

२७ पुष २०७९, बुधबार ०९:०६

पुस २७, काठमाडौँ । एजेन्सी | खानाको टेबलमा कतिलाई खानाबारे नै कुरा गर्न मनपर्छ । खानाका विभिन्न फ्लेभरबारे धेरैले कुरा गरेको हामीले सुन्ने गर्छौँ । तर यस्ता केही धारणा छन् जसलाई वास्तविक मानिन्छ ।

चिसो मौसममा माछा खाने चलन पनि बढ्छ । यस्तोमा घरको डाइनिङ टेबलमा त्यो बहस पुनः एकपटक फर्किन्छ कि माछा खाएपछि दुध पिउनु हुन्छ त ? के यस्तो गर्दा सेतो दुबी वा मोतिबिन्दु त हुँदैन ?


सेतो दुबीमा छालाका केही हिस्साले आफ्नो पिगमेन्ट गुमाउन थाल्छन् जसका कारण त्यो हिस्सा अरुभन्दा भिन्न देखिन थाल्छ । माछा खाएपछि दुध नखाउ है भनेर हामीलाई धेरैले भन्नुभएको पनि होला ।

यस धारणा बारे, केही मानिसहरूले यो पनि भनेका छन् कि यहूदीहरूको एक सम्प्रदाय माछा खाएपछि दूध पिउनमा धेरै होसियार हुन्छन् ।

त्यस्तै केहीले यो वास्तवमा युनानी चिकित्साको दर्शन हो भनेर भन्ने गरेका छन् । अर्कोतर्फ दुबै चिज सँगै खाँदा पेट दुख्ने, पेट फुल्ने, वाकवाकी लाग्ने, बान्ता हुने जस्ता गुनासो हुने धेरैको विश्वास रहेको छ । तर, आजकल रेष्टुरेन्टमा दूध प्रयोग गरेर माछा पकाउने गरिन्छ ।

के भन्छन् विशेषज्ञ ?

दूध र माछा सँगै खाने सम्बन्धमा बीबीसी उर्दूले विज्ञहरूसँग कुरा गरी यी दुई बीच कुनै सम्बन्ध छ कि भनेर जान्न खोजेको छ ।

पाकिस्तानकी छाला रोग विशेषज्ञ डा. उर्मिला जावेदले यो परिकल्पना भएको बताइन् ।

छालामा सेतो दुबी अर्थात् भिटिलिगो हुनुको दुध वा माछा सँगै खानुसँग कुनै सम्बन्ध नभई यो कुनै खानेकुरासँग सरोकार नरहेको बताइन् ।

डा. उर्मिलाले भनिन्, ‘यो एक अटोइम्यून रोग हो, जसको अर्थ तपाईंको प्रतिरक्षा प्रणालीले मेलानिन (छालालाई रङ दिने कोशिकाहरू) विरुद्ध एन्टिबडी बनाउन थाल्छ ।’

‘जहाँ एन्टिबडीहरूले आक्रमण गर्छन् हाम्रो छालामा स्पष्ट रूपमा देखिने मेलानिनलाई क्षति पुर्‍याउँछ ।’

के भन्छन् पोषणविद् ?

यसबारे बीबीसी उर्दूले पोषणविद् डा. जैनाबसँग पनि कुरा गरेको छ । उनका अनुसार यो हाम्रो मान्यता भएपनि यसको कुनै वैज्ञानिक आधार छैन ।

उनले भनिन्, ‘दूध र माछा सँगै खाँदा छालामा सेतो दाग देखिन्छ भन्ने ग्यारेन्टी हुँदैन ।’

डा. जैनबका अनुसार यहाँ के ध्यान दिनुपर्छ भने यसलाई माछा र दूधसँग मात्रै नभई अन्य थुप्रै खानपिनका चिजसँग पनि जोडेर हेरिन्छ । यसमा ती चिज आउँछन् जुन तातो र चिसोको आधारमा हानिकार मानिन्छ ।

उनका अनुसार पोषणविद्हरूले खानाको मात्रामा बढी ध्यान दिनुपर्ने कुरामा जोड दिएका छन् । खाना चिसो होस् वा तातो यसले फरक पार्दैन, तर तपाईंले यसलाई कति मात्रामा लिइरहनुभएको छ भन्ने कुरा महत्त्वपूर्ण छ ।

डाक्टर जैनाब भन्छिन्, ‘यदि तपाईंले कुनै चीज धेरै खानुभयो भने, यसले तपाईंको पाचन प्रणालीमा नकारात्मक प्रभाव पार्छ ।’

यद्यपि यो निश्चित छ कि केहि खानेकुराहरूले मानिसहरूमा छालाको एलर्जी हुनसक्छ । यसबारे कुरा गर्दै डा. उर्मिला जावेदले भनिन्, ‘कसैलाई कुनै न कुनै खानेकुरामा एलर्जी हुन्छ ।’

कतिपय अवस्थामा डिब्बाबन्द सामान, प्रिजर्भेटिभ वा खानेकुराको रंगका कारण पनि एलर्जी हुने गरेको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि… महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा आज बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन यूएईको दुबईमा कन्सुलर कार्यालय खुल्ने आजको मौसम: कोशी, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना आजदेखि सेयर बजार खुल्दै आजदेखि सकियो दसैँ बिदा, सरकारी कार्यालय खुल्दै सुदूरपश्चिम रोयल्समा अस्ट्रेलियाका पूर्वक्रिकेटर ब्राड हज नियुक्त