२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माछा खाएपछि दूध पिउँदा सेतो दुबी आउँछ ? डाक्टरको धारणा बुझ्नुहोस्

२०७९, २७ पुष बुधबार ०९:०६

पुस २७, काठमाडौँ । एजेन्सी | खानाको टेबलमा कतिलाई खानाबारे नै कुरा गर्न मनपर्छ । खानाका विभिन्न फ्लेभरबारे धेरैले कुरा गरेको हामीले सुन्ने गर्छौँ । तर यस्ता केही धारणा छन् जसलाई वास्तविक मानिन्छ ।

चिसो मौसममा माछा खाने चलन पनि बढ्छ । यस्तोमा घरको डाइनिङ टेबलमा त्यो बहस पुनः एकपटक फर्किन्छ कि माछा खाएपछि दुध पिउनु हुन्छ त ? के यस्तो गर्दा सेतो दुबी वा मोतिबिन्दु त हुँदैन ?


सेतो दुबीमा छालाका केही हिस्साले आफ्नो पिगमेन्ट गुमाउन थाल्छन् जसका कारण त्यो हिस्सा अरुभन्दा भिन्न देखिन थाल्छ । माछा खाएपछि दुध नखाउ है भनेर हामीलाई धेरैले भन्नुभएको पनि होला ।

यस धारणा बारे, केही मानिसहरूले यो पनि भनेका छन् कि यहूदीहरूको एक सम्प्रदाय माछा खाएपछि दूध पिउनमा धेरै होसियार हुन्छन् ।

त्यस्तै केहीले यो वास्तवमा युनानी चिकित्साको दर्शन हो भनेर भन्ने गरेका छन् । अर्कोतर्फ दुबै चिज सँगै खाँदा पेट दुख्ने, पेट फुल्ने, वाकवाकी लाग्ने, बान्ता हुने जस्ता गुनासो हुने धेरैको विश्वास रहेको छ । तर, आजकल रेष्टुरेन्टमा दूध प्रयोग गरेर माछा पकाउने गरिन्छ ।

के भन्छन् विशेषज्ञ ?

दूध र माछा सँगै खाने सम्बन्धमा बीबीसी उर्दूले विज्ञहरूसँग कुरा गरी यी दुई बीच कुनै सम्बन्ध छ कि भनेर जान्न खोजेको छ ।

पाकिस्तानकी छाला रोग विशेषज्ञ डा. उर्मिला जावेदले यो परिकल्पना भएको बताइन् ।

छालामा सेतो दुबी अर्थात् भिटिलिगो हुनुको दुध वा माछा सँगै खानुसँग कुनै सम्बन्ध नभई यो कुनै खानेकुरासँग सरोकार नरहेको बताइन् ।

डा. उर्मिलाले भनिन्, ‘यो एक अटोइम्यून रोग हो, जसको अर्थ तपाईंको प्रतिरक्षा प्रणालीले मेलानिन (छालालाई रङ दिने कोशिकाहरू) विरुद्ध एन्टिबडी बनाउन थाल्छ ।’

‘जहाँ एन्टिबडीहरूले आक्रमण गर्छन् हाम्रो छालामा स्पष्ट रूपमा देखिने मेलानिनलाई क्षति पुर्‍याउँछ ।’

के भन्छन् पोषणविद् ?

यसबारे बीबीसी उर्दूले पोषणविद् डा. जैनाबसँग पनि कुरा गरेको छ । उनका अनुसार यो हाम्रो मान्यता भएपनि यसको कुनै वैज्ञानिक आधार छैन ।

उनले भनिन्, ‘दूध र माछा सँगै खाँदा छालामा सेतो दाग देखिन्छ भन्ने ग्यारेन्टी हुँदैन ।’

डा. जैनबका अनुसार यहाँ के ध्यान दिनुपर्छ भने यसलाई माछा र दूधसँग मात्रै नभई अन्य थुप्रै खानपिनका चिजसँग पनि जोडेर हेरिन्छ । यसमा ती चिज आउँछन् जुन तातो र चिसोको आधारमा हानिकार मानिन्छ ।

उनका अनुसार पोषणविद्हरूले खानाको मात्रामा बढी ध्यान दिनुपर्ने कुरामा जोड दिएका छन् । खाना चिसो होस् वा तातो यसले फरक पार्दैन, तर तपाईंले यसलाई कति मात्रामा लिइरहनुभएको छ भन्ने कुरा महत्त्वपूर्ण छ ।

डाक्टर जैनाब भन्छिन्, ‘यदि तपाईंले कुनै चीज धेरै खानुभयो भने, यसले तपाईंको पाचन प्रणालीमा नकारात्मक प्रभाव पार्छ ।’

यद्यपि यो निश्चित छ कि केहि खानेकुराहरूले मानिसहरूमा छालाको एलर्जी हुनसक्छ । यसबारे कुरा गर्दै डा. उर्मिला जावेदले भनिन्, ‘कसैलाई कुनै न कुनै खानेकुरामा एलर्जी हुन्छ ।’

कतिपय अवस्थामा डिब्बाबन्द सामान, प्रिजर्भेटिभ वा खानेकुराको रंगका कारण पनि एलर्जी हुने गरेको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी