२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अठार पुराणको अध्यायगत सारांश नेपालीमा प्रकाशित

२०७९, २८ पुष बिहीबार ०६:०२

पुस २८, काठमाडौँ | वेद व्यासले संस्कृत भाषामा रचना गर्नुभएको १८ पुराणको नेपालीमा भाव बुझ्न चाहनेका लागि अध्यायगत सारांश सार्वजनिक भएको छ । लामो समय निजामती सेवामा रहेर २०७१ सालमा सेवा निवृत्त हुनुभएका डा बद्री पोखरेलले १० वर्ष लगाएर १८ वटै पुराणको नेपाली भाषामा अध्यायगत सारांश लेख्नुभएको हो । 

शिव पुराणको भने अध्यायगत अङ्ग्रेजी सारांशसमेत उहाँले प्रकाशन गरिसक्नुभएको छ । त्रिभुवन विश्वविद्यालय, संस्कृत अध्ययन संस्थानबाट २०४३ सालमा सर्वदर्शनमा आचार्य (स्नातकोत्तर) गर्नुभएका पोखरेलले यसको प्रयोग जीवनको लामो समयसम्म गर्न पाउनुभएको थिएन । त्रिभुवन विश्वविद्यालयबाटै अर्थशास्त्रमा पनि स्नातकोत्तर गर्नुभएका उहाँले लामो समय अर्थ मन्त्रालयमा काम गर्नुभयो । 


पिताजी र दाजुको प्रेरणामा तीनधारा पाठशालामा बसेर वाल्मीकि विद्यापीठमा संस्कृत अध्ययन गर्नुभएका पोखरेलले जागिरे जीवनमा यसको उपयोग गर्न पाउनुभएको थिएन । संस्कृत अध्ययन गरेका छोरालाई आमाले बेला–बेलामा घरमा पुराण सुनाउ भन्ने गर्नुभएको थियो । जागिरे जीवनमा त्यो अवसर नपाएपछि सेवा निवृत्त भएर उहाँले आमालाई एकादशी माहात्म्य र केही पुराण सुनाउन थाल्नुभयो ।

आमालाई पुराण सुनाउने क्रममा पोखरेललाई लेखेर सबैले पढ्न सक्ने गरी किन प्रकाशन नगर्ने भन्ने सोच पलायो ? आमालाई पुराण सुनाउँदा फूरेको योजनाले १८ पुराणको नेपाली अध्यायगत सारांश लेखेर प्रकाशन गर्ने उत्प्रेरणा जगाएको उहाँले बताउनुभयो । चार वटा पुराण सुनाउँदैमा विसं २०७२ मा पोखरेलकी आमाको निधन भएपछि पुराण अब अरुलाई बताउँछु भनेर उहाँले सङ्कल्प गर्नुभयो । यही सङ्कल्पले १८ पुराणको नेपाली भाषामा अध्यायगत सारांश सार्वजनिक भएको छ । 

संस्कृतसँगै अर्थशास्त्रको पनि अध्ययन गरेर जीवनभर आर्थिक क्षेत्रमै काम गर्नुभएका पोखरेललाई आधुनिक अर्थशास्त्रका पिता मानिनुहुने एड्मस्मिथको ‘संसारमा समस्या भयावह छ, यसको समाधान कहिल्यै हुँदैन’ र माल्थसको ‘जनसङ्ख्या दोब्बरले बढ्छ तर खाद्यान्न क्रमिक रुपमा मात्र बढ्छ’ भन्ने आशयले आधुनिक ज्ञानले दीर्घकालीन समाधान नदिने रहेछ भन्ने परेको थियो । त्यही बेलादेखि उहाँ पूर्वीय दर्शनमा डुब्ने चाहना राख्नुभएको थियो ।  

अर्थशास्त्रको यही समस्या समाधानका लागि उहाँले पुराण गहिरिएर अध्ययन गर्न थाल्नुभयो । पुराण अध्ययन गरेर अध्यायगत सारांश तयार भयो । प्रकाशनका लागि पोखरेलाई सहज भयो । अध्यात्मप्रेमीले उहाँका १८ वटै पुराण प्रकाशन गरिदिए । पोखरेलले प्रकाशक भेटेको घटना पनि रोचक छ । पुराणको अनुवाद गरिरहेका बेला आध्यात्मिक मासिक पत्रिका गौरीका सम्पादक अर्जुन लामिछाने उहाँको घरमा पुग्नुभयो । लामिछानेले नै प्रकाशक संस्था विश्वस्वतन्त्र सञ्चारका उद्धवकुमार घिमिरेसँग परिचय गराउनुभयो । 

अठार पुराणमध्ये धेरै घिमिरेले नै प्रकाशन गरिदिनुभएको छ । केही पुराणका लागि भने उहाँले अध्यात्मप्रेमी प्रकाशकको व्यवस्था गरिदिनुभएको हो । १८ वटै पुराणलाई नेपालीमा अनुवादका लागि रु ६० लाखभन्दा बढी खर्च भएको छ । पहिलो संस्करणमा सबै पुराण एक÷एक हजारप्रति प्रकाशन गरिएको छ । शिव, अग्नि, भागवत र मार्कण्डेय पुराण बजारमा सकिइसकेको जानकारी आएको उहाँले सुनाउनुभयो । ती पुराणका दोस्रो संस्करणको तयारीमा प्रकाशन संस्था लागेको छ । 

अमेरिकामा रहेका नेपाली समुदायले १८ पुराणका अध्यायगत नेपाली सारांशको माग धेरै गरेका छन् । 

पोखरेल यसलाई संस्कृतमा भएको लचकता बताउनुहुन्छ । नारद पुराणमा गणितका धेरै कुरा पाइएको बताउनुहुँदै उहाँ यो अत्यन्त वैज्ञानिक रहेको सुनाउनुहुन्छ । नारद पुराणमा गीत, सङ्गीतका विषय पनि समावेश गरिएको छ । “संसारका धेरै विश्वविद्यालयले किन संस्कृत भाषा अध्यापन गराउन थाले भन्ने कुराको रहस्य मैले पुराण गहिरिएर पढेपछि नै थाहा पाएको हुँ”, पोखरेलले भन्नुभयो । 

सेवा निवृत्त भएपछि जयतु संस्कृतम् संस्थामा समेत आबद्ध भएर उहाँले संस्कृत क्षेत्र र पूर्वीय दर्शनका लागि काम गर्दै आउनुभएको छ । हाल उहाँ जयतु संस्कृतम् संस्थाको अध्यक्ष हुनुहुन्छ ।

पुराणको गहिरिएर अध्ययन गर्ने क्रममा पोखरेलले स्कन्द पुराणका केही खण्ड भारतबाट प्रकाशन भएको मूल ग्रन्थमा नभएको तथ्य थाहा पाउनुभयो । सोही पुराणको हिमवत्खण्ड जहाँ नेपालका धेरै तीर्थस्थलको चर्चा छ । हिमवत्खण्ड योगी नरहरिनाथले प्रकाशन गर्नुभएको हो । मानसखण्ड नेपालका पश्चिमी भूभागका साथै भारतको कुमाउ, गढवाल लगायतक्षेत्रका तीर्थस्थलको वर्णन छ । मानसखण्ड पूर्व सचिव विष्णुप्रसाद खत्रीको नेतृत्वमा रहेको रामप्रसाद स्मृति संस्थाले प्रकाशन गरेको छ ।

यसैगरी राम जन्मभूमिको चर्चा भएको सरयुखण्ड पनि भारतले प्रकाशन गरेको मूल स्कन्द पुराणको ग्रन्थमा उल्लेख गरिएको छैन । स्कन्द पुराणका अन्य तीन खण्ड पनि रहेको भन्ने चर्चा सुनेकाले त्यस विषयमा खोजी जारी राखेको पोखरेल बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ