2026-06-19 04:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय योजना आयोगमा को-को हुँदैछन् उपाध्यक्ष र सदस्य ?

माघ ९, काठमाडौँ | राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मिनबहादुर श्रेष्ठलाई नियुक्त गर्ने तयारी भएको छ । माओवादीनिकट मानिने श्रेष्ठ यसअघि पनि प्रचण्ड नेतृत्वको सरकारमा योजना आयोगको उपाध्यक्ष थिए ।

मन्त्रिपरिषदको अबको बैठकबाट योजना आयोगमा उपाध्यक्ष र सदस्यहरूको नियुक्ति हुने तयारी छ । माओवादी कोटाबाट थप एक सदस्यमा रामकुमार फुयालको नाम तय भएको छ । उनी यसअघि पनि योजना आयोगको सदस्य थिए ।

एमालेबाट पुन:निर्माण प्राधिकरणका पूर्वसीईओ सुशील ज्ञवाली र योजना आयोगका पूर्वसदस्य कृष्णप्रसाद ओलीको नाम प्रधानमन्त्रीलाई दिइएको बताइएको छ । ज्ञवालीले भने उपाध्यक्ष नपाए सदस्य नबन्ने बताए पनि पार्टीले उनलाई योजना आयोगमा पठाउन लागेको स्रोतले जनाएको छ ।

एकजना महिला सदस्य एमाले वा सत्तागठबन्धनका अन्य दलबाट पठाइने बताइएको छ । राप्रपा र रास्वपाले समेत योजना आयोगमा प्रतिनिधित्व मागेका छन् । राप्रपामा केही पूर्वसचिवहरू आबद्ध रहेकाले उनीहरू यही मौकामा योजना आयोगलगायत राजनीतिक र संवैधानिक नियुक्तिमा जान खोजिरहेका छन् ।

बढीमा ७ जनाको योजना आयोगलाई पूर्णता दिने तयारी भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो