2026-06-19 04:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रेम आचार्यले नाम किटेका व्यक्तिमाथि आत्महत्या दुरुत्साहनको मुद्दा लाग्छ?

माघ ११, काठमाडौँ । संघीय संसद् भवन अगाडि आत्मदाहको प्रयास गरेका इलामका प्रेमप्रसाद आचार्यले किटान गरेका व्यक्तिहरूमाथि छानबिन गर्न माग गर्न थालिएको छ। के उनीहरूमाथि आत्महत्या दुरुत्साहनको मुद्दा लाग्छसक्छ?

संघीय संसद् भवन सामुन्ने आत्मदाहको प्रयास गरेका इलामका प्रेमप्रसाद आचार्य (सन्तोष) को कीर्तिपुर अस्पतालमा माघ ११ गते मृत्यु भयो। आचार्यले आफ्नो फेसबुकमा लामो स्ट्याटस लेख्दै आत्मदाह गर्न बाध्य भएको बताएका छन्।

उनले माघ १० गते आत्मदाहको प्रयास गरेका थिए। प्रहरीले उद्धार गरेर अस्पताल पुर्‍याएको थियो। उपचारका क्रममै उनको आज बिहान ज्यान गएको थियो।


फेसबुकमा आचार्यले स्थापित व्यापारीको नामै किटेर आफ्नो असफलताको हिस्सेदार बनेको आरोप लगाएका छन्। उधारोमा सामान लगेर रकम नदिएको उनको आरोप छ। उपेन्द्र महतोको लगानीमा सञ्चालित नेपाल ग्रामोध्योग कम्पनीले जालसाजी गरेको, मीनबहादुर गुरुङको स्वामित्वमा रहेको भाटभटेनी डिपार्टमेन्टल स्टोर, व्यापारिक घराना विशाल ग्रुपको समेत लगानी गरेको बिग मार्टले सामानको पैसा नदिएको आचार्यले आरोप लगाएका थिए।

त्यस्तै, व्यापारी पवन गोल्यानको गोल्यान एग्रोले अर्डर गरेर सामान पुर्‍याएपछि फिर्ता पठाएर ठगी गरेको पनि आचार्यले लेखेका थिए। अनिल बस्नेतको मेरो तरकारी डटकम नामक अनलाइन बजारले पनि सामानको पैसा नदिएको आरोप लगाएका आचार्यले बहुराष्ट्रिय कम्पनी डाबर नेपालले पनि सामानको पैसा नदिएको बताएका थिए।

यस्तै चौतर्फी घेराबन्दीमा परेर आफूले आत्महत्याको बाटो रोजेको उनको भनाइ थियो। कतिपयले आचार्यलाई आत्महत्या गर्न बाध्य पारिएकालाई आत्महत्या दुरुत्साहनको मुद्दा लगाउनुपर्ने भन्दै आवाज उठाउन थालेका छन्।

मुलुकी अपराध संहिताको दफा १८५ मा आत्महत्या गर्न दुरुत्साहन दिन नहुने व्यवस्था छ। यसका साथै आत्महत्या गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराउन नहुने भनिएको छ।

के आचार्यले आफ्नो व्यावसाय डुबाउन भूमिका खेलेको भन्दै नाम किटेकाहरूको हकमा यो दफा आकर्षित हुनसक्छ?

फौजदारी कानूनका ज्ञाता वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेल सिद्धान्ततः कानूनको यो दफा आकर्षित हुन प्रत्यक्ष संलग्नता देखिएको हुनुपर्ने बताउँछन्। “मलाई कसैले पीडा दियो र आत्महत्या गर्न बाध्य भएँ भनेर आत्महत्या दुरुत्साहनको अभियोग लगाउन मिल्दैन,” वरिष्ठ अधिवक्ता खरेल भन्छन्, “आत्महत्या गर्न उक्साउने, प्रेरित गर्ने वा दबाब दिने जस्ता क्रियाकलाप हुनुपर्छ। यो घटनाको संवेदनशीलता आफ्नो ठाउँमा छ, तर आत्महत्या दुरुत्साहनको मुद्दा स्थापित हुने म चाहिँ देख्दिनँ।”

फौजदारी कानूनका अर्का विज्ञ वरिष्ठ अधिवक्ता लवप्रसाद मैनाली पनि आत्महत्या गर्न दुरुत्साहन हुने परिस्थिति बनाउन नहुने कानूनी व्यवस्था भए पनि एउटै परिस्थितिले आत्मत्याको अवस्था नआउने बताउँछन्। “मैले यो काम गर्दा उसले आत्महत्या गर्छ भन्ने जानीजानीचाहिँ त्यसो गर्नुहुँदैन,” वरिष्ठ अधिवक्ता मैनाली भन्छन्, “आत्महत्या गरोस् भन्ने मनाशयले कसैले काम गर्छ भने मात्र यो कानूनको दफा लागू हुन्छ।”

आचार्यको न्यायका लागि आवाज उठ्न थालेको छ। बुधबार युवा समूहले काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन समेत गरेको छ। उनीहरूले आचार्यले आरोपित गरेका व्यक्ति तथा संस्थामाथि छानबिन गर्न समेत माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो