२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रवि लामिछाने सहभागी भएको बैठकमा किन गएनन् जसपा, जनमत, उन्मुक्ति पार्टी ?

२०७९, २७ माघ शुक्रबार ०७:२८

माघ २७, काठमाडौँ | एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्च स्तरीय राजनीति संयन्त्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि सहभागी भएका छन् तर सरकारलाई समर्थन गरेका दल जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र  जनमत पार्टी पनि बैठकमा सहभागी भएका छैनन्। 

यो संयन्त्र सरकारमा सहभागी भएका दलहरूको हो । तर सभापति रवि किन सहभागी भए भनी जिज्ञासामा स्वतन्त्र पार्टीका प्रवक्ता मुकुन्द ढकालले सरकारबाट फिर्ता भए पनि समर्थन फिर्ता नलिएकोले बैठकमा सहभागी भएको बताए । सरकारमा नभए पनि सरकार कसरी सञ्चालन गर्ने, त्यसलाई कसरी व्यवस्थित गर्ने त्यसमा सुझाव दिन सकिन्छ, सरकारबाहेक अन्य विषयहरूमा पनि छलफल भएको बताउँदै उनले सरकारलाई समर्थन गरेका अन्य दलहरू पनि बैठकमा सहभागी हुँदै आएको बताए । 

 सरकारमा सहभागी नभएको कारण जसपा नेपाल पनि संयन्त्रको बैठकमा जान छाडेको हो । सरकार निर्माण भइरहेको बेला एक दुईवटा बैठकमा जसपाको तर्फबाट सो पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरू सहभागी हुँदै आएका थिए । 

तर जब सरकारमा सहभागी नहुने अवस्था सृजना भयो अनि जसपा पनि संयन्त्रको बैठकमा जान छाडेको बताइन्छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले आवश्यकता अनुसार बैठकमा जाने गरेको बताए । उनी आफू उपत्यका बाहिर रहेको कारण बैठकमा सहभागी नभएको बताए ।

नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितले आफूहरू सरकारमा नभएको कारण बैठकमा नगएको बताए । उनले भने, ‘हामी सरकारलाई सुरुमै समर्थन गरेका थियौँ, तर हाम्रो मुद्दा र मागप्रति सरकार संवेदनशील नभएपछि सरकारमा सहभागी भएनौ, अहिले समर्थन पनि फिर्ता लिइसकेका छौँ त्यही भएर बैठकमा सहभागी हुने कुरा नै आउँदैन ।’

आफ्ना पार्टीका सांसद अरुण चौधरीलाई सरकारले पक्राउ गरेपछि समर्थन फिर्ता लिएको बताउँदै उनले सरकारबाट समर्थन फिर्ता लिइसकेको र त्यो सरकारसँग आफूहरूको कुनै सम्बन्ध नरहेको बताए । सरकारमा सहभागी भएकै दल जनमत पार्टी संयन्त्रको बैठकमा सहभागी भएको छैन । सो पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले अध्यक्ष सिके राउत बैठकमा सहभागी हुने कुरा थियो तर किन भएन आफ्नो जानकारीमा नरहेको बताए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो