२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

स्रष्टाले विकृतिविरुद्ध सिर्जना गर्नुपर्छ : अध्यक्ष नेपाल

२०७९, २८ माघ शनिबार ११:०८

माघ २८, काठमाडौँ | नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं माधवकुमार नेपालले साहित्य र संस्कृतिले परिवर्तनको अग्रपङ्क्तिको प्रतिनिधित्व गर्ने बताउनुभएको छ ।

एकीकृत समाजवादी निकट राष्ट्रिय जनसांस्कृतिक महासङ्घ (समाजवादी)को चौथो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सङ्गीत र साहित्य क्षेत्र नागरिकमा उत्प्रेरणा र उत्साह प्रदान गर्न केन्द्रित हुनुपर्ने बताउनुभयो । कला, साहित्य र सङ्गीतले समाज रुपान्तरणमा सशक्त भूमिका निर्वाह गर्ने उल्लेख गर्दै अध्यक्ष नेपालले सामाजिक जीवनका यथार्थपरक घटनालाई बिम्ब बनाएर स्रष्टाले विकृतिविरुद्ध सिर्जना गर्न सकेमा समस्या समाधान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

साहित्यले समाजका विकृति–विसङ्गतिको उजागर गर्ने उल्लेख गर्दै अध्यक्ष नेपालले जनता र देशका पिरमर्कासँग जोडिएर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले सकारात्मक संस्कार संस्कृतिको विकास गर्न, आशावादी र आत्मविश्वास जगाउन साहित्यिक क्षेत्र क्रियाशील हुनुपर्र्ने सुझाव दिनुभयो ।

आलोकनगरस्थित पार्टी कार्यालयमा तीन दिनदेखि चलिरहेको बैठकमा संस्कृतिकर्मी, लेखक, कलाकारका सेवासुविधाका साथै अधिकारको संरक्षणका लागि आवश्यक नीतिगत विषयमा छलफल भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो