२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

ट्रायलमा ७० अंक ल्याए पास हुने व्यवस्था बागमतीमा भोलिदेखि लागू हुने, यसरी दिइन्छ अंक !

२०७९, १ फाल्गुन सोमबार ०६:१९

फागुन १, काठमाडौँ | बागमती प्रदेशले भोलि फागुन २ गतेदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) परीक्षामा नयाँ मापदण्ड लागू गर्ने भएको छ। बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका सूचना अधिकारी देवराज चौलागाईंका अनुसार भोलिदेखि लिखित तथा ट्रायल परीक्षा ‘सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन निर्देशिका २०७७’ अनुसार सञ्चालन हुनेछ। 

‘आजबाट नयाँ व्यवस्था अनुसार परीक्षा सञ्चालन गर्ने भनिएको थियो। तर आज सार्वजनिक बिदा छ,’ उनले भने, ‘भोलिबाट अनिवार्य रूपमा नयाँ व्यवस्था अनुसार परिक्षा सञ्चालन गर्दैछौं।’ उनका अनुसार हाल बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले ५ वटा यातायात व्यवस्था कार्यालयले दैनिक पाँच हजार पाँच सयदेखि ६ हजार जनाको ट्रायल लिँदै आएको छ। चितवनको कार्यलयबाट भने लाइसेन्स वितरण काम हुन बाँकी नै छ। 

यातायात व्यवस्था विभागले ट्रायलमा ७० अंक ल्याए उत्तीर्ण हुने व्यवस्था ल्याएको लामो समय भइसकेको छ। विभागले २०७८ जेठदेखि नै निर्देशिकामा भएको व्यवस्था कार्यान्वयन गर्ने बताएको थियो। तर यस्तो व्यवस्था सबै प्रदेश सरकारले लागू गर्न सकिरकेको थिएन। प्रदेश नं १, मधेश प्रदेश र गणडकी प्रदेशमा नयाँ व्यवस्था केही समय अघि नै लागू भइसकेको छ। बागमती प्रदेशमा पनि सो व्यवस्था भोलिबाट लागू हुने भएको हो। 

नयाँ प्रणालीमा के व्यवस्था छ?

निर्देशिकामा वर्ग 'क' (ए) मोटरसाइकल, स्कुटर, मोपेड र वर्ग 'ख' (बी) कार, जिप, डेलिभरी भ्यानको लाइसेन्स लिने सहज व्यवस्था गरिएको छ।

निर्देशिकाको दफा ५ (२) बमोजिम वर्ग (क/ट), (ए/के) र वर्ग 'ख' (बी)का लागि लिइने लिखित परीक्षाका लागि ५००/५०० वटा प्रश्नको दुइटा प्रश्न संग्रहसमेत विभागले सार्वजनिक गरेको छ। यो व्यवस्थाअनुसार लिखित परीक्षामा सवारी तथा यातायात व्यवस्था सम्बन्धी कानुनी प्रावधान, ट्राफिक नियम पालना तथा सवारी साधनको प्राविधिक पक्ष सम्बन्धी सामान्य व्यावहारिक ज्ञानका विषय समेटी १०० पूर्णांकको प्रश्न सोधिनेछ। यसमा चार/चार अंकका २५ वटा वस्तुगत उत्तर दिने प्रश्न हुन्छन्।

लिखित परीक्षाको अवधि ३० मिनेटको हुनेछ। सम्बन्धित कार्यालयले विद्युतीय माध्यमबाट समेत लिखित परीक्षा सञ्चालन गर्न सक्ने व्यवस्था छ। निर्देशिकामा भएको व्यवस्थाअनुसार परीक्षार्थीले ट्रायलमा ७० अंक ल्याए लाइसेन्स प्राप्त गर्न सक्छन्। यसअघि विभागले परीक्षार्थीले आफ्नै सवारी समेत प्रयोग गर्न सक्ने व्यवस्था गरेको थियो। तर यो व्यवस्था कार्यान्वयनमा नआउँदै संशोधन गरिएको छ। अब कार्यालयले तोकेका तथा उपलब्ध गराएका सवारी मात्र प्रयोग गर्न सकिन्छ।

ट्रायलका लागि प्रयोग हुने मोटरसाइकल–स्कुटर पेट्रोलबाट चल्ने र कार, जिप, भ्यानहरू पेट्रोल, डिजेल वा ग्यासबाट चल्ने हुनुपर्नेछ। त्यस्तै सबै सवारी दर्ता प्रमाणपत्र अद्यावधिक भएको वा बहाल अवधि बाँकी रहेको तथा तेस्रो पक्ष बीमा भएको हुनुपर्नेछ।

प्रयोगात्मक परीक्षा १०० पूर्णांकको हुनेछ। यसको अंकभार यसप्रकार छः

परीक्षर्थीको लागि विभिन्न चरणको छुट्टाछुट्टै अंकभार निर्धारण गरिएको छ । विभागले घुमाउरो आठको अंकभार २० राखेको छ । जसमा घुमाउरो आठको एक पटकसम्म रेखा छोएमा ५ र एक पटकसम्म खुट्टाले भुइँमा टेकेमा ५ गरी १० अंक घट्नेछ ।

घुमाउरो आठमा एक पटकभन्दा बढी अंकित रेखा छोएमा, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गएमा, एक पटकभन्दा बढी खुट्टाले भुइँ टेकेमा, ठीक दिशाबाट वा ठीक तरिकाबाट आठ आकार नबनाएमा, सवारीको स्टार्ट बन्द भएमा फेल भएको अनुत्तीर्ण घोषणा गरिनेछ ।

त्यस्तै, साँघुरो फलेकको अंकभार १० रहेको छ । यसमा खुट्टाले भुइँमा टेकेमा, फलेकको लम्बाइ पार गर्नु अगावै सवारी फलेकबाट बाहिर निस्केमा फेल हुनेछ ।

यु–टर्नको अंकभार १० रहेको तोकेको छ । जसमा टर्निङमा इन्डिकेटर लाइट नबालेमा १० अंक नै घट्नेछ भने यु–टर्नमा अंकित रेखा छोएमा पनि फेल हुने उल्लेख छ ।

त्यसैगरी ट्राफिक संकेतको अंकभार १५ रहेकोमा ट्राफिक संकेतको पालना नगरे १५ नम्बर नै काटिनेछ ।

बम्प्सको अंकभार १५ रहेकोमा एक पटकसम्म खुट्टाले भुइँमा टेकेमा ५ र एक पटकसम्म सवारी स्टार्ट बन्द भएमा ५ नम्बर घट्नेछ । बम्प्समा एक पटकभन्दा बढी भुइँमा टेकेमा वा एक पटकभन्दा बढी सवारी स्टार्ट बन्द भएमा फेल हुनेछ ।

साथै, र्‍याम्प अर्थात् उकालोको अंकभार २० रहेको छ । त्यसमा कुनै गल्ती भएमा फेल हुनेछ । उकालोमा तोकिएको रेखा नाघी सवारी रोकेमा वा सवारी नरोकी अगाडि बढेमा फेल हुनेछ ।

रोकिएको अवस्थाबाट सवारी अगाडि बढाउँदा सवारीको पछाडिको टायर ६ इन्चभन्दा बढी पछि सरेमा, उकालो पार गरी ओरालोबाट झर्ने क्रममा तोकिएको रेखा नाघी सवारी रोकेमा वा सवारी नरोकी अगाडि बढेमा र सवारीको स्टार्ट बन्द भएमा फेल हुनेछ ।

परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्यांकनमा सवारी चलाउनुपूर्व सवारीको ब्रेक, टायर र ऐनाहरुको सामान्य निरीक्षण नगरेमा ३ अंक घट्नेछ ।

हेलमेट लक नलगाई सवारी चलाएमा ४ अंक र अस्वाभाविक गतिमा वा असंयमितरुपमा सवारी चलाएमा ३ अंक घट्नेछ विभागको निर्देशिकामा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो