३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

रसुवामा उत्पादित चीज अलपत्र

२२ मंसिर २०७७, सोमबार ०६:२७

मङ्सिर २२, रसुवा । लाङ्टाङ चीज उत्पादन केन्द्रले उत्पादन गरेका चीज बिक्री नहुँदा स्थानीयस्तरमै अलपत्र परेको छ । लाङ्टाङ पर्यटकीय  क्षेत्रमा पर्यटकको आगमनमा मन्दी आएपछि  चौंरीगाईको दूधबाट उत्पादित ‘याक’ नामक चीज लाङ्टाङको क्याङ्जेन उत्पादन केन्द्रमै अलपत्र परेको उक्त केन्द्रले जनाएको छ ।

बिक्री पनि नहुने र भण्डारणमा लामो समयसम्म राख्दा तौल घट्न गई त्यसको नोक्सानी आफूले व्यहोर्नुपर्ने भएकाले दुग्ध विकास संस्थानकोे काठमाडौँस्थित केन्द्रीय भण्डारण लैनचौरमा लाने अनुमति माग भइरहेको चीजकेन्द्रका प्रमुख कग्याल्पो तामाङले बताउनुभयो । गत जेठ मसान्तबाट भदौ १५ गतेसम्म उत्पादन  भएका हाल पाँच लाख १२ हजारको चीज तथा एक लाख आठ हजार रुपैया बराबरको मखन अलपत्र परेको छ । नेपालको जेठो चीज कारखाना लाङ्टाङले उत्पादन गरेका चीज पर्यटकबाटै खपत भइरहेको अवस्थामा कोभिड–१९ को सङ्क्रमण शुरू भए लगत्तै विदेशी पाहुनाको चहलपहलमा शून्यता छाएपछि चीज तथा मखन बिक्रीमा समस्या आएको उक्त केन्द्रले जनाएको छ ।

 चार सय चौरी गाईबाट उत्पादन हुने दूध आपूर्ति गर्ने किसानको सङ्ख्या २१ रहेको र चीज तथा मखन बिक्रीमा समस्या आएपछि  गतअसोज १५ बाटै उत्पादन बन्द गरिएको प्रमुख तामाङले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट