२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

वैदेशिक रोजगार विभागको आग्रह :गैर कानुनी रूपमा वैदेशिक रोजगारीमा नपठाउनु

३ जेष्ठ २०८२, शुक्रबार १८:००

काठमाडौँ । वैदेशिक रोजगार विभागले गैर कानुनी रूपमा वैदेशिक रोजगारीमा नपठाउन आग्रह गरेको छ । विभागको महानिर्देशक कमल प्रसाद भट्टराईले शुक्रबार पत्रकार सम्मेलन गर्दै इजाजतपत्र लिएका मेनपावर व्यवसायी बाहेकले श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन नपाउने बताएका हुन् ।

इजाजतपत्र नलिएकाहरूले श्रमिकहरूलाई वैदेशिक रोजगारीमा पठाउने गरेको बताउँदै त्यस्तो कार्य दण्डनीय हुने उनको भनाई छ । ‘ट्राभल कम्पनी, एजेन्सीहरू । कन्सल्टेन्सीहरूले श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने गरेको गुनासो आउने गरेको छ । त्यो कानुनी रूपमा दण्डनीय हो । इजाजतपत्रवाला संस्था बाहेक कसैले पनि श्रमिकहरूलाई वैदेशिक रोजगारीमा पठाउन पाउँदैन । त्यसरी पठाउनेहरूमाथी मानव बेचबिखन तथा ओसारपसार अनुसार कारबाही हुन्छ,’ महानिर्देशक भट्टराईले भने ।

वैदेशिक रोजगार क्षेत्रमा देखिएका विद्यमान समस्या समाधानका लागि विभागले विभिन्न कार्यदल गठन गरेको बताउँदै ती कार्यदलको प्रतिवेदनका आधारमा सुधार गर्दै जाने बताए । वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूको राहत तथा उद्धारका लागि रेपिड रेस्पोन्स टिम बनाएको उनको भनाइ छ ।समस्यामा परेकोबारे विभागलाई जानकारी पाउने विक्तिकै राहत तथा उद्धारको कार्य अघि बढ्ने समेत बताए । विभागका उपमहानिर्देशकले मूल संयोजन गर्ने गरी सम्बन्धित निर्देशकहरूको संयोजकत्वमा विभिन्न ५ वटा समितिहरू बनेका छन् । वैदेशिक रोजगारको क्षेत्रलाई समग्र रूपमा सुरक्षित व्यवस्थित र मर्यादित बनाउने साथै वैदेशिक रोजगार क्षेत्रलाई समयानुकूल तथा थप व्यवस्थित बनाउन समितिहरू गठन गरी सुधारको लागि कार्यहरू प्रारम्भ गरिएको महानिर्देशक भट्टराईले बताए ।

वैदेशिक रोजगारीसँग सम्बन्धित सेवा प्रवाहमा सुशासन कायम गर्न प्रवृत्तिगत र प्रविधिगत सुधार गर्ने नीति अघि सारिएको महानिर्देशक भट्टराईले बताए । विभागका उपमहानिर्देशक तथा प्रवक्ता चन्द्र बहादुर शिवाकोटीले फेमिस प्रणाली अद्यावधिक गर्दै प्रणालीको सोर्स सरकारको मातहतमा ल्याई फेमिस प्रणाली, जीआईडीसी, पासपोर्ट विभाग, एनआईडीसँग लिंकेज कायम गर्न पहल गर्ने योजना अघि सारिएको छ । सेवाहरूको जानकारी सामाजिक सञ्जाल तथा वेबसाइट आदि मार्फत आम नागरिकको जानकारीका लागि नियमित रूपमा अद्यावधि गर्दै जाने, आम सञ्चार माध्यम र सञ्चारकर्मीसँग नियमित समन्वय, सम्पर्क कायम गर्ने समेत योजना अघि सारेको छ ।

विभागका सम्पूर्ण कार्य प्रक्रियालाई सूचना प्रविधिमा आधारित बनाई थप निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाइने शिवाकोटीले बताए । उपत्यका भित्रका ईजाजतपत्र प्राप्त संस्थाको अनुगमन कार्यलाई थप व्यवस्थित बनाउनको लागि अनुगमनको स्वीकृतीको ढाँचा तर्जुमा गरी नियमित अनुगमन गरिने र उपत्यका बाहिरको हकमा ईजाजतपत्र प्राप्त संस्था तथा शाखा कार्यालयहरूको आवश्यकता तथा प्राप्त उजुरीको संवेदनशीलताको विश्लेषण गरी आकस्मिक रूपमा अनुगमन टोली परिचालन गरी अनुगमन गरिने प्रवक्ता शिवाकोटीको भनाइ छ ।

शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी), ट्राभल टिकेटिङ्ग एजेन्ट लगायतले वैदेशिक रोजगार सम्बन्धी कार्य गर्न विज्ञापन गरेको विषय, राहदानी सङ्कलन गर्ने र वैदेशिक रोजगारमा पठाइदिने भनी कसैसँग रकम लिएको सम्बन्धमा यस विभागमा उजुरी प्राप्त भएमा तत्काल अनुगमन गरी कारबाहीको दायरामा ल्याइने उनको भनाइ छ । त्यस्ता कार्य कानुन विपरीत मानव बेचबिखन सँग सम्बन्धित निकायमा आवश्यक कारबाहीको लागी पठाउने गरेको उनको भनाइ छ । वैदेशिक रोजगारीसँग सम्बन्धित संस्थागत उजुरी फर्छ्यौट, राहत तथा उद्धार र क्षतिपूर्ति समयानुकूल छुट्टै निर्देशिका/कार्यविधि तर्जुमा गरी लागु गरिने योजना विभागको छ ।

उजुरीको सम्बन्धमा लिखित जवाफसहित उपस्थित भएका रोजगार व्यवसायी र पीडितको बीचमा छलफलको लागि प्राथमिकता निर्धारणको आधारमा समय तय गरी छलफल गराउने उनको भनाइ छ । पीडित र पिडकबिच छलफलको लागि तोकिएको मिति र समयमा विभागमा उपस्थितिको लागि मोबाइल म्यासेजबाट समेत जानकारी दिने व्यवस्था गरिने योजना विभागको छ । मुद्दा शाखाको अभिलेख प्रणालीलाई डिजिटलाइज्ड गरी फेमिस प्रणालीसँग आबद्ध गरिनेछ ।

साइबर सुरक्षा नीति आन्तरिकीकरण गर्न तत्काल कार्ययोजन बनाई लागू गर्ने, हाल नागरिक एपमा स्वीकृतिको स्टीकर र वैदेशिक रोजगारीका विज्ञापन मात्र देखिने अवस्था रहेको हुँदा यस प्रणालीलाई नागरिक एप तथा राष्ट्रिय परिचयपत्रसँग आबद्ध गर्ने योजना विभागको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…