२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वीर अस्पतालले माग्यो १ सय ३ कर्मचारी, कसरी दिने आवेदन ?

२०७८, २३ बैशाख बिहीबार ०८:१९

वैशाख २३, काठमाण्डौं । मुलुककै जेठो वीर अस्पतालले एक सय जना जना स्टार्फ नर्स र तीन जना चिकित्सक सेवा करारमा पदपूर्ति गर्ने भएको छ ।

देशमा फैलिएको कोरोना भाइरस संक्रमणको दोस्रो लहरमा जटिल लक्षण सहित संक्रमितको चाप बढेको भन्दै अस्पतालले त्यस्ता संक्रमितको उपचार र हेरचाहका लागि ६ महिनाका लागि पदपूर्ति गरिने जनाएको हो ।

अस्पतालकी निमित्त निर्देशक डा. शान्ता कुमारी (कँडेल) सापकोटाले बुधबार ६ महिनाका लागि करार सेवामा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको बताइन् । नवौँ तहमा ३ जना क्रिटिकल केयर वा क्रिटिकल केयरमा अनुभव भएको एनोस्थेसियोजिष्ट  र पाँचौ तहमा १०० जना स्टार्फ नर्सका लागि दरखास्त आह्वान गरिएको उनको भनाई छ ।

चिकित्सकका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा एमडि उत्तिर्ण गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको हुनुपर्ने र स्टार्फ नर्सका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट नर्सिङ्ग विषयमा प्रमाणपत्र उत्तिर्ण गरी नेपाल नर्सिङ्ग काउन्सिलमा दर्ता भएको हुनुपर्ने योग्यता तोकिएको छ । आईसीयू र एचडियूमा अनुभव प्राप्तलाई प्राथमिकता दिइने जनाइएको छ ।

इच्छुक व्यक्तिले वैशाख २४ गते ५ बजेसम्ममा दरखास्त दिन सक्ने निमित्त निर्देशक सापकोटाको भनाई छ । नेपाल सरकारले तोकेको प्रचलित स्केल बमोजिम तलव पाइने र सुरु स्केलमा ५० प्रतिशत थप हुने बताइएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै