१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोजगार

मर्स्याङ्दी गाउँपालिकाका चारसय ४३ जनाले पाए रोजगार

२७ चैत्र २०७८, आईतवार १२:२३

चैत्र २७, लमजुङ | लमजुङको मर्स्याङ्दी गाउँपालिकाका ४ सय ४३ जना युवाले रोजगार पाएका छन् । गाउँपालिकामा सञ्चालन भएको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत युवाले रोजगार पाएका हुन् । आर्थिक बर्ष ०७८/७९ को साउनदेखि फागुन मसान्तसम्म सो संख्याका युवाले रोजगार पाएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा सूचीकृत बेरोजगार संख्या २ हजार ३०० जना रहेका छन् । पुरुष १ हजार ३ सय ६३ जना र महिला ९ सय ३७ जना छन् । तीमध्ये मापदण्ड पुगेका नागरिकले रोजगार पाएका हुन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि कुल ५९ योजना रहेको बताइएको छ । १३ वटा योजना सम्पन्न भएका छन । रोजगार पाएकाहरुले सिँढी बाटो, मोटरबाटो सोलिङ, नयाँ बाटो खोल्ने र  नाली निर्माणको काम गरेका छन् । केहीले सय दिन काम गरिसकेका छन् । केहीले काम गर्नेक्रममा  छन् । एक जनाले दैनिक ५ सय ७७ रूपियाँका दरले पारिश्रमिक पाउँछन् ।

उनहरूले एकमुष्ट ५७ हजार ७०० रुपियाँ पाउने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र अर्यालले बताए । कार्यक्रमका लागि कुल बजेट २ करोड ८० लाख २० हजार रुपैयाँ छ । कामदारलाई आवश्यक सुरक्षित सामग्री गाउँपालिकाले प्रदान गरेको छ । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले प्रधानमन्त्री रोजगार कार्यक्रमले रोजगारीको अवसर सिर्जना गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल