२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोजगार

मर्स्याङ्दी गाउँपालिकाका चारसय ४३ जनाले पाए रोजगार

२०७८, २७ चैत्र आईतवार १२:२३

चैत्र २७, लमजुङ | लमजुङको मर्स्याङ्दी गाउँपालिकाका ४ सय ४३ जना युवाले रोजगार पाएका छन् । गाउँपालिकामा सञ्चालन भएको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत युवाले रोजगार पाएका हुन् । आर्थिक बर्ष ०७८/७९ को साउनदेखि फागुन मसान्तसम्म सो संख्याका युवाले रोजगार पाएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा सूचीकृत बेरोजगार संख्या २ हजार ३०० जना रहेका छन् । पुरुष १ हजार ३ सय ६३ जना र महिला ९ सय ३७ जना छन् । तीमध्ये मापदण्ड पुगेका नागरिकले रोजगार पाएका हुन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि कुल ५९ योजना रहेको बताइएको छ । १३ वटा योजना सम्पन्न भएका छन । रोजगार पाएकाहरुले सिँढी बाटो, मोटरबाटो सोलिङ, नयाँ बाटो खोल्ने र  नाली निर्माणको काम गरेका छन् । केहीले सय दिन काम गरिसकेका छन् । केहीले काम गर्नेक्रममा  छन् । एक जनाले दैनिक ५ सय ७७ रूपियाँका दरले पारिश्रमिक पाउँछन् ।

उनहरूले एकमुष्ट ५७ हजार ७०० रुपियाँ पाउने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र अर्यालले बताए । कार्यक्रमका लागि कुल बजेट २ करोड ८० लाख २० हजार रुपैयाँ छ । कामदारलाई आवश्यक सुरक्षित सामग्री गाउँपालिकाले प्रदान गरेको छ । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले प्रधानमन्त्री रोजगार कार्यक्रमले रोजगारीको अवसर सिर्जना गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा