गणेश सिर्पाली | श्रावण–१०, रुकुम | रुकुमबाट वितेको आर्थीक वर्ष २०७२/७३ मा झण्डै साढे ४ करोड बरारबको कृषि जन्य बस्तुको निर्यात भएको छ । एक वर्षको अवधीमा ४ करोड ३३ लाख ७० हजार बराबरको विभिन्न कृषि जन्य वस्तुहरुको जिल्ला बाहिर निर्यात भएको जिल्ला कृषि विकास कार्या"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गणेश सिर्पाली | श्रावण–१०, रुकुम | रुकुमबाट वितेको आर्थीक वर्ष २०७२/७३ मा झण्डै साढे ४ करोड बरारबको कृषि जन्य बस्तुको निर्यात भएको छ । एक वर्षको अवधीमा ४ करोड ३३ लाख ७० हजार बराबरको विभिन्न कृषि जन्य वस्तुहरुको जिल्ला बाहिर निर्यात भएको जिल्ला कृषि विकास कार्या"/>
४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

साढे ४ करोडको कृषिजन्य वस्तु जिल्ला बाहिर निर्यात

१० श्रावण २०७३, सोमबार १५:५५

गणेश सिर्पाली | श्रावण–१०, रुकुम | रुकुमबाट वितेको आर्थीक वर्ष २०७२/७३ मा झण्डै साढे ४ करोड बरारबको कृषि जन्य बस्तुको निर्यात भएको छ । एक वर्षको अवधीमा ४ करोड ३३ लाख ७० हजार बराबरको विभिन्न कृषि जन्य वस्तुहरुको जिल्ला बाहिर निर्यात भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । 

जिल्लाबाट कुल ९ सय २ मेट्रिकटन कृषिजन्य वस्तु निर्यात भएकामा सबैभन्दा बढी अदुवा ६ सय ५ मेट्रिकटन निर्यात भएको छ । जिल्ला बाहिर निर्यात हुने कृषिजन्य वस्तुमा मकै दोस्रोमा पर्ने जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक मिन वहादुर केसीले जानकारी दिनुभयो ।

वितेको एक वर्षमा जिल्लाबाट मकै १ सय २० मेट्रिकटन जिल्ला बाहिर गएको छ । जिल्ला बाहिर जाने मकैमा सबै खानाको लागी प्रयोग गरिने मकै रहेको केसीको भनाई छ । त्यस्तै जिल्लाबाट १ सय मेट्रिकटन तरकारीको वीउ,  ५२ मेट्रिकटन सुन्तला र ५ मेट्रिकटन महँ पनि गत वर्ष जिल्ला बाहिर पठाईएको छ । 

गत वर्ष जिल्लाबाट स्याउ भने निर्यात भएन । जिल्लाको पुर्वीभेगमा स्याउ उत्पादन हुने भएपनि उक्त स्याउ जिल्ला बाहिर निर्यात भएको तथ्यांक कार्यालयमा नभएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट