३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हुलाकी सडक :अतिक्रमित र पुराना संरचना भत्काइँदै

२१ मंसिर २०७७, आईतवार ०८:२०

मङ्सिर २१, राजविराज । हुलाकी सडक क्षेत्र अतिक्रमण गरेर बनाइएका संरचनालाई धमाधम हटाउन र भत्काउन थालिएको छ । हुलाकी राजमार्ग योजना कार्यालय इटहरीले सडकका दायाँबायाँ १५/१५ मिटरभित्र बनाइएका राजविराज नगर क्षेत्रका भौतिक संरचनालाई डोजर लगाई भत्काउन शनिबारदेखि शुरुआत गरेको हो ।      

नगर क्षेत्रका राममन्दिर, हुलाक, जिल्ला प्रशासन, मालपोत र जिल्ला अदालतलगायत कार्यालयको परिसर  भत्काइएको छ ।  बहुप्रतीक्षित हुलाकी सडक निर्माणका क्रममा अतिक्रमित संरचना आफैँ हटाउन प्रशासन र स्थानीय तहले समेत सार्वजनिक सूचनामार्फत सहयोगका लागि सबैसँग अनुरोध गरेका छन् ।

कार्यालयका इञ्जिनीयर आशुतोष कर्णले राजमार्ग निर्माणका क्रममा सिरहा सडकमा केही समस्या देखिए पनि त्यसलाई स्थानीय जनप्रतिनिधि, प्रशासन र सम्बन्धित पक्षबीच छलफल गरेर सहमतिका माध्यमबाट निकास दिने काम भइरहेको जानकारी दिनुभयो । उहाँले राजमार्गअन्तर्गत हालसम्म १५ किमी सडकमा पहिलो तहको कालोपत्र गर्ने काम सम्पन्न भएको बताउनुभयो । सप्तरीका कञ्चनपुरदेखि राजविराजकासम्म  र राजविराजदेखि बलान विहुलसम्मका दुई खण्डमा ४६ किमी सडकखण्डमा  २२  पुल निर्माण गर्नुपर्ने कार्यालयले जनाएको छ । तीमध्ये हालसम्म छ वटा मात्र सम्पन्न भएको छ ।  बाँकी निर्माणकै क्रममा रहेको कार्यालयले जनाएको छ ।  ती दुई खण्ड झण्डै रु दुई अर्बमा निर्माण हुने छ । विसं २०७८ वैशाखसम्म  सडकको सप्तरीखण्डको काम पूरा गरिसक्ने लक्ष्य रहेको छ ।  

यस्तै सप्तरीको बोदेबर्साइन नगरपालिकाले पनि हुलाकी सडकको बिसनपुर–स्वर्णपट्टी सडकखण्डमा अतिक्रमण हटाउन शुरुआत गरेको छ । नगरपालिकाले नगर क्षेत्रको सडकअन्तर्गत बिसनपुर–स्वर्णपट्टी खण्डमा सडकका दायाँबायाँ अतिक्रमण हटाएको स्थानीयबासी लोकेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो ।

उहाँका अनुसार नगरपालिकाले निर्माण सामग्री बालुवा, गिट्टी, छड, काठ, दाउरालगायत कठघरा (गुम्टी), खाद्यान्न, गुइँठा, ठूला सवारी साधन र अस्थायी पसल हटाएको थियो ।  सडकमा ती सामग्री महिनौँ दिनसम्म राख्दा बाटो नै साँघुरो भई सवारी साधनलाई आवतजावत गर्न अवरोध हुनाका साथै सडक नै कुरुप भएको थियो । नगरपालिकाले ती अतिक्रमण हटाउन पटकपटक सूचना जारी गर्दा पनि नगरबासीले अटेर गर्दै आएका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड