४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

कक्षा ८ को ग्रेड वृद्धिका लागि परीक्षा सञ्चालन

१३ बैशाख २०८०, बुधबार ०७:५२

बैशाख १३, काठमाडौँ | मलङ्गवा नगरपालिकाले पहिलो पटक कक्षा ८ को ग्रेड वृद्धिका लागि परीक्षा सञ्चालन गरेको छ । उक्त कक्षामा दुई विषयमा अनुत्तीर्ण विद्यार्थीलाई नगरपालिकाले ग्रेड बृद्धिको परीक्षा यही वैशाख ११ र १२ गते सञ्चालन गरेको र परीक्षामा अङ्ग्रेजी, नेपाली, गणित, सामाजिकसहित मुख्य पाँच विषय समावेश गरिएको थियो ।

 परीक्षमा पाँच सामुदायिक र तीन निजी विद्यालयका तीन सय २९ विद्यार्थी सहभागी थिए । उक्त परीक्षाको नतिजा वैशाख १७ गतेसम्म प्रकाशन गरिने तयारी गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले जानकारी दिनुभयो । सिकाइमा गुणस्तर कायम गर्न कक्षा ८ कोग्रेड वृद्धिको परीक्षा सञ्चालन गरिएको र यसमा पनि  अनुत्तीर्ण होइएला कि भन्ने डरले विद्यार्थीमा पढ्ने बानी बस्ने उहाँको भनाइ थियो । 

केन्द्रले कक्षा १० को पुरक परीक्षा लिएझैँ त्यसअनुरुप स्थानीय तहले पनि दुई विषयमा अनुत्तीर्ण भएका विद्यार्थीलाई ग्रेड वृद्धिका लागि परीक्षा सञ्चालन गरेको प्रमुख प्रशासकीय अधिकृत गौतमले बताउनुभयो ।

यस किसिमको परीक्षाबाट विद्यालयमा शिक्षाको अभिवृद्धि एवम् गुणस्तर प्रवद्र्धन गर्न सहयोग पुग्ने जनाइएको छ  ।  ग्रेड वृद्धिको परीक्षा पनि उत्तीर्ण गर्न नसक्ने विद्यार्थीले फेरि त्यही कक्षा दोह¥याउनु पर्ने भएको छ । शिक्षामा गुणस्तर सुधार्न ग्रेड वृद्धिको परीक्षा सञ्चालन गरिएको नगरप्रमुख नागेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो । आउने दिनमा कक्षा ५ का लागि  पनि परीक्षा सञ्चानल गरिने उहाँले बताउनुभयो । 

विद्यालयका शिक्षकलाई जिम्मेवार बनाइने र विषयगत दरबन्दी मिलान पनि चाँडै गरिने पनि नगरप्रमुख यादवले बताउनुभयो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा ९२० को खण्ड ९ज० को उपखण्ड ९१४० बमोजिम कक्षा ८ को परीक्षा अनिर्वायरूपमा स्थानीय तहले लिनुपर्ने व्यवस्था छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता