४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

मिर्चैयामा पहिलो पटक फैसन शो ईभेन्ट भव्यताका साथ सम्पन्न

११ बैशाख २०७६, बुधबार १४:३४

राम नारायण पंडित, बैशाख ११, सिरहा । सिरहाको मिर्चैयामा पहिलो पटक फेशन फेस्ट शो एण्ड म्युजिकल ईभेन्ट सम्पन्न भएको छ । एल एण्ड एन मोडल एजेन्सी प्रालि काठमांडौको आयोजनामा युवायुवतिहरुको उत्साहपुर्ण सहभागितामा फेसन शो को फाइनल अडिसन मंगलबार सम्पन्न भएको छ । युवायुवतिमा रहेको अन्तरनिहित प्रतिभालाई उजागर गर्न ईभेन्टको आयोजना गरी यहाँ रहेका प्रतिभालाई अझै प्रष्टफुटित गरिएको एल एण्ड एन मोडेल एजेन्सीको म्यानेजिङ्ग डाईरेक्टर नितेन्द्र कर्णले जानकारी दिए । 


अडिसनमा छनोट भएकाहरुलाई निःशुल्क मेकअप, फोटोशूट, प्रमोसन भिडियो लगायतका बारेमा तालिम दिईएको डाईरेक्टर कर्णले बताए । मिर्चैयामै पहिलो भएको ईभेन्टको फाइनल अडिसन होटल होलिडे एण्ड पार्टी प्यालेशमा सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरुले कला प्रस्तुत गरेका थिए । फेशन शो मा १४ बर्षदेखी ३० बर्षसम्मका युवायुवतिहरुको उल्लेखनिय सहभागी रहेको थियो । लुकेर रहेका प्रतिभाहरुलाई देखाउँदै युवायुबतीहरुको साथै समाजमा फैसनको छुट्टै पहिचान दिलाउँनु ईभेन्टको मुख्य उदेश्य रहेको उनले बताए । उनले भने, “यो ईभेन्ट सफतापुर्बक सम्पन्न भयो, अगामी दिनमा पनि हामी यहाँ रहेका प्रतिभालाई थप प्रष्टफुटित गर्न आउने छौ, अहिले पनि हाम्रो समाजमा धेरै प्रतिभाहरु लुकेर बसेका छन्, त्यसलाई पहिचान गरी उचित स्थान दिलाउँन हामी प्रयास जारी राखेका छौं, ईभेन्टमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सबैमा धन्यवाद दिन चाहन्छु ।”


एल एण्ड एन मोडेल एजेन्सीको म्यानेजिङ्ग डाईरेक्टर नितेन्द्र कर्णको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा सिरहा क्षेत्र नं. ४ को “क” प्रदेश सभा सदस्य दिलिप साह रहेका थिए भने विशिष्ट अतिथिको रुपमा उद्योग बाणिज्य संघका अध्यक्ष हरिशंकर साह, अतिथिका रुपमा मिर्चैया नगरपालिका बडा नं. ५ का बडा अध्यक्ष धिरेन्द्र कुमार साह, ६ का अध्यक्ष देबकृष्ण साह, संघिय समाजबादी फोरम नेपालका नेतृ शोभा मण्डल, ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक सुकदेब खनाल, सशस्त्र प्रहरी बल बेश क्याम्प मिर्चैयाका सशस्त्र प्रहरी नायब उपरिक्षक प्राक्रम राजभण्डारी लगायत उल्लेखनिय सहभागिता रहेको थियो ।

ईभेण्टको मिडिया पार्टनर रेडियो धड्कन ८९.६ मेगाहर्ज मिर्चैया र समग्रसंदेश डटकम अनलाईन लगायतका रहेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा