महेन्द्र केसी असोज ७ पर्वत । पातिखोलामा आएको बाढीका     कारण घरबारविहिन बनेकाहरुले राहतको नाममा पाँच हजार बाहेक केहि पाउन सकेका छैनन् । बस्ने बास उठ्यो, खाने गास बाढीले लुट्यो तर प्रशासनले राहतको नाममा पाँच हजार हातमा थमाएर आफ्नो जिम्मेवारी पुरा ग¥यो । <"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र केसी असोज ७ पर्वत । पातिखोलामा आएको बाढीका     कारण घरबारविहिन बनेकाहरुले राहतको नाममा पाँच हजार बाहेक केहि पाउन सकेका छैनन् । बस्ने बास उठ्यो, खाने गास बाढीले लुट्यो तर प्रशासनले राहतको नाममा पाँच हजार हातमा थमाएर आफ्नो जिम्मेवारी पुरा ग¥यो । <"/>
२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पातीखोला बाढी पीडितको व्यथा, पाँच हजार राहत कि आहत ?

२०७३, ७ आश्विन शुक्रबार ०५:१४

महेन्द्र केसी असोज ७ पर्वत । पातिखोलामा आएको बाढीका     कारण घरबारविहिन बनेकाहरुले राहतको नाममा पाँच हजार बाहेक केहि पाउन सकेका छैनन् । बस्ने बास उठ्यो, खाने गास बाढीले लुट्यो तर प्रशासनले राहतको नाममा पाँच हजार हातमा थमाएर आफ्नो जिम्मेवारी पुरा ग¥यो ।
    पाँच हजारले न त घरनै बन्न सक्छ न त महिना दिनको लागि पुग्ने रासनको जोहो नै हुन सक्छ । पातिखोलामा आएको बाढीका कारण पीडित बनेका बाजुङ १ का मनबहादुर पौडेल अहिले आफ्नो व्यथा लिएर सदरमुकाममा भौतारिएका छन् ।
    पातिखोलामा आएको बाढीले उनको खोला किनारमा रहेको धानकुट्ने मिल मात्रै बगाएन उनको उठिबास  नै लगायो । मध्यरातमा बाढीले मेल बगायो, विस्तारै पहिराले घर जोखिममा पा¥यो । भएको घर पहिरोको जोखिमा परेपछि उनी अहिले गुहार माग्नको लागि सदरमुकाममा धाएका छन् तर उनको व्यथा न त कुनै राजनीतिक पार्टीले सुनेको छ न त सरोकारवाला निकायले नै त्यस विषयमा चासो लिएका छन् । नेकपा माओवादी केन्द्रका नेता समेत रहेका पौडेल आफ्नो विचल्ली हुदाँ पनि पार्टी मुकदर्शक बनेर बसेको प्रति दुखि छन् ।्
     १० बर्षे जनयुद्धका क्रममा सेनाले पक्राउ गरी ६ महिना जेल जीवन विताएका उनको विजोग हुदाँ पार्टीले एउटा निवेदन समेत लेख्नको लागि आलटाल गरेको प्रति असन्तुष्ट छन् । जसको लागि आफ्नो घरपरिवार त्यागेर जेल जीवन विताउँदा पनि पार्टीको निष्ठामा कहिल्यै आँच आउन दिइन आज त्यहि पार्टीले म विचल्लीमा पर्दा रमिते बनेर बसेको छ पौडेलले भने ।
    राहतको नाममा पाँच हजार हातमा परेको थियो त्यसले के गरौं,  न त खोलाले बगाएको रोजीरोटी फिर्ता हुन्छ न त रासनको लागि हप्तादिनको लागि खर्चपानीको जोहो हुन्छ । राज्यले दिएको पाँच हजार राहत भन्दा पनि आहत भएको पौडेलको भनाई छ । चोटमा मलम लगाउनु भन्दा पनि पाँच हजार थप पीडा बोध गराएको उनको तर्क छ । आफुले स्थानीय सरोकारवाला निकायसँग राहत भन्दा पनि पातीखोलामा पक्कीरुपमा बाँध लगाउनको लागि अपिल गरेको बताएका छन् । मनबहादुरले खोलाको किनारमा प्लास्टर सहितको बाँध बनाईदिए आफुलाई त्योभन्दा अरु केहि नचाहिने बताउँछन् ।
    देउपुर ९ पातिचौरमा धौलागिरी सावुन उद्योग संचालन गर्दै आइरहेका यामबहादुर चोचाङगीको पनि पीडा उहि छ । २३ लाखमा उद्योग संचालन गर्दै आइरहेका चोचाङगीको सावुन उद्योग मात्र खोलाले लगेन उनको सपना समेत उडायो । त्यो रातको खोलाको गडगडावटलाई उनी यमराजको सवारका रुपमा लिएका छन् । मध्यरातमा भाँगेर बाँचेका उनी आफु र परिवालाई त बचाए तर आफ्नो गरी खाने उद्योग र बासलाई भने बचाउन सकेनन् । बास र गास दुवै गुमाएका यामबहादुरले राहतको नाममा सरकारबाट पाँच हजार र रेडक्रसबाट पाल पाएको बताए ।
    राज्यले राहतको नाममा पाँच हजार हातमा थमाएर पीडामा मलम भन्दा पनि जलन पैदा गरेको उनको तर्क छ । पाँच हजारले न त छाप्रो बनाउनको लागि आवश्यक सामाग्री आउँछ न त हप्तादिनको लागि रासननै पुग्छ । यता न उताको राहत दिएर राज्यले घाउमा मलम भन्दा पनि जलन पैदा गरेको बताए ।
    इन्सोरेन्स गर्ने तयारीमा रहेको उद्योग र घर बगाएपछि सुकुमबासीको झै मगर संघको भवनमा बसेका उनी पुर्नबास र गरिखाने माध्यम औलाइदिए आफुलाई त्यहि नै राहत हुने बताउँछन् ।
विदेशी खाडी मुलुकमा कमाएको पैसाले देउपुर सुन्चापमा घडेरी किनेर छाप्रो बनाएर बसेका कालु विक, अन्तरे विक, सुन्दर विकको व्यथा पनि उही छ । बर्षोदेखि खाडी मुलुकमा राप र ताप भैइ कमाएर किनेको   घडेरी र घर एकाएक खोलाले बगाउँछ भन्ने थाहा भएको भए आफुहरु बरु गाउँमा नै बस्ने बताउँछन् । गत बर्ष देउपुरको मैदान जाने सडकबाट पहिरो खस्दा बचेको घर पातिखोलाले भने बगाइ छाड्यो । खोलाले पातिखोलामा रहेको १ मेघावाटको पातिखोला जलविद्युत आयोजनामा क्षति पु¥याएको थियो । त्यस्तै रेन्बो ट्राउट माछा फर्म,       केराबारी, सयौ रोपनीमा   रहेको धान खेत समेतलाई बगरमा  परिणत गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने