१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हे जगतजननी दुर्गा, म मासु अबदेखि खान्न ।”

९ आश्विन २०७३, आईतवार ११:१९

असोज ९, काठमाडौँ । दशैं भन्ने बित्तिकै हामी प्राय : पंक्षीको काटमार सम्झन्छौँ । खसीबोका, राँगा भैसी, कुखुरा, हाँसलगायत प्राणीको बध र त्यसबाट प्राप्त मासुलाई उत्सव–प्रसादका रुपमा लिनेको सङ्ख्या नेपाली समाजमा धेरै छ तर शास्त्रहरूले निहत्था र कमजोर पशुपक्षीको हत्याबाट प्राप्त हुने कुरालाई उपयोग गर्न निषेध गरेको छ । 

वेद र उपनिषद्का दर्जनौँ पङ्क्तिले हिंसालाई निषेध गरेका छन् । तर पनि धर्म र संस्कारका नाममा हिन्दू मात्र होइन, संसारका प्रायः सबै धर्म÷सम्प्रदायले हिंसा र हिंसाबाट प्राप्त हुने भोजनलाई आफ्ना पर्व र संस्कारको अङ्ग बनाएका छन् । मासु र पशुबधको सन्दर्भ जोडिएको दसैं पर्व आउनै लाग्दा राजधानीको थिएटर मल (काठमाडौँ मल, सुन्धारा) मा त्यस्तै प्रेम, पशुहिंसा र संस्कारको सन्दर्भ जोडिएको नाटक प्रस्तुत भयो शनिबार । 

दुर्गा दाहालको कथा र परिकल्पनामा रचिएको यो नाटकका निर्देशक हुन् अजय अधिकारी सुशील । दसैँको सन्दर्भ पारेर मात्र एक दिनका लागि मञ्चन गरिएको नाटक शनिबार दुई सो चलाइएको थियो । एकै दिन मात्र प्रदर्शन भएका कारण होला, कतिपय दर्शक टिकट नपाएर घर फर्केका थिए । 

कथा सामान्य छ, गाउँमा एक सज्जन र सम्पन्न काजीबा छन् । उनी आफ्नो छुकछुके नातिसँग गफिन र खेल्न मन पराउँछन् । कसैको दुःख देख्न चाहँदैनन् । तर उनलाई काटमारको भने खुब सोख छ । उनी आफ्नो अति नै प्यारो नातिसँग तरबारमा धार लगाउनसमेत आफैँ आरन पुग्छन् । तर एक रात काजीबा डरलाग्दो सपना देख्छन् । उनी यमराजको द्वारमा लगिएका हुन्छन् । यमराजको द्वारमा पहिले बलि दिएका र हत्या गरिएका प्राणीसमेत हुन्छन् र काजीबाले आफूहरुको हत्या गरेकाले काजीलाई उचित सजाय दिन भन्दै यमराजसँग जनावरले माग गर्छन् । तर काजीबाले आफ्नो जीवनकालमा सत्कर्म र सेवासमेत गरेकाले यमराज उनलाई तत्काल कठोर सजाय दिनु उचित ठान्दैनन् र उनलाई बाख्राकै पाठो बनाएर काजीबाकै घरमा जन्म दिने निर्णय गरिन्छ । 

काजीबा आफ्नो नातिसँग पाठोकै रुपमा मात्र भए पनि भेट्न पाइने भयो भन्दै रमाउँछन् । बाख्राको पाठो बनेर आफ्नै घरमा जन्मेपछि काजीबा अब आफ्नो नातिसँग रमाउँदै खेल्छन् । उनलाई त्यसमा बडो आनन्द आउँछ । बडादसैँको महाष्टमीको दिन आउँछ र बोकाको रुपमा जन्मेका काजीबालाई उनका आफ्नै छोराले मार हान्न तयार हुन्छन् । यो देखेर काजीबा आत्तिन्छन् र ‘मलाई नमार– नमार’ भन्दै कराउँछन् । ओछ्यानमा सुतेका काजीबा नमार नमार भनेर बर्बराएपछि घरमा कोहोलो मच्चिन्छ । अल्लिबेर श्रीमती र बुहारीले चिच्याएर बोलाएपछि मात्र काजीबा ब्युँझन्छन् र आफूले देखेको अचम्मलाग्दो सपनाको व्याख्या गर्छन् । 

नाटकलाई बिट मार्दै काजीबा बोल्छन् ‘हतियारप्रतिको मेरो मोह, हिंसाप्रतिको मेरो रुचि अनावश्यक रहेछ । उस्तै माया, दया र प्रेमका भोका प्राणीलाई मारेर हामी गल्ती गर्दैछौँ ।’ यसो भन्दै काजीबा सिरानमा राखिएको तरबार फ्याँकिदिन्छन र उद्घोष गर्छन्, “हे जगतजननी दुर्गा, यो जगत्का तिम्रा सबै सन्ततिलाई उत्तिकै प्रेम, करुणा र दयाको भाव जगाइदेऊ । म तिमीले नै सिर्जना गरेका निमुखा प्राणीलाई मारेर कहिल्यै खान्न । म मासु अबदेखि खान्न ।” 

हल र व्यवस्थापनको चुनौती रहेकाले नाटक एक सो मात्र चलाइएको तर सम्भव भएसम्म दसैँअघि अरू केही सो समेत चलाउन सकिने नाटकका परिकल्पनाकार दुर्गा दाहालले बताएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल