असोज ९, काठमाडौँ | पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे सहित उनि चढेको गाडी त्रिसुलीमा बेपत्ता भएको छ ।
घिमिरे चढेको ना १३ च १३५१ चढेको गाडी चितवनको दाह्रोचौकस्थित घोप्टेभिरबाट आइतबार साँझ करिव ४ बजेर ४५ मिनेट जाँदा खसेर बेपत्ता भएको हो । मन्त्री सहितको टोली मुक्तिनाथ दर्शन गरेर काठमाडौं फर्किने क्रममा त्रिशुलीमा खसेको हो । बा ९ च १५३१ नम्बरको कार चितवनको दारेचोकस्थित घोप्टेभीरबाट त्रिशुलीमा खसेको हो।
चितवन प्रहरी प्रमुख वसन्त कुँवरका अनुसार सात जना सवार गाडीका एक महिलासहित चार जनाको उद्धार गरिएको छ । बृद्ध महिला घिमिरेकी आमा भएको अनुमान गरिएको छ ।
उनीसहित चालक विष्णु राई र नारायणप्रसाद काफ्लेको उद्धार गरिएको छ । मन्त्री सहित बाँकीको खोजि कार्य जारी छ ।
घिमिरे २०७० सालको निर्वाचन गर्ने उद्देश्यले प्रधान न्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा गठन गरिएको अन्तरिम चुनावी मन्त्रिपरिषद्का सदस्य हुन् । उनि त्यतिखेर परराष्ट्र तथा गृहमन्त्री बनेका थिए ।