असोज १०, काठमाडौं । भारतको नयाँ दिल्लीबाट काठमाडौं आएको नेपाल वायुसेवा निगमको ए३२०-२२० जहाज काठमाडौं विमानस्थलमा आकस्मिक अवतरण गरेको छ ।

लुम्बिनी "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज १०, काठमाडौं । भारतको नयाँ दिल्लीबाट काठमाडौं आएको नेपाल वायुसेवा निगमको ए३२०-२२० जहाज काठमाडौं विमानस्थलमा आकस्मिक अवतरण गरेको छ ।

लुम्बिनी "/>

२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१ सय ६३ जना सवार नेपाल एयरलाइन्सको जहाजमा धुवाँ निस्किएपछि…

२०७३, १० आश्विन सोमबार ११:५९


असोज १०, काठमाडौं । भारतको नयाँ दिल्लीबाट काठमाडौं आएको नेपाल वायुसेवा निगमको ए३२०-२२० जहाज काठमाडौं विमानस्थलमा आकस्मिक अवतरण गरेको छ ।

लुम्बिनी नामाकरण गरिएको एयरबस नेपालभित्रको सिमानामा प्रवेश गरिसकेपछि जहाजभित्र धुवाँ देखिएको थियो । चालकदलका सदस्यसहित १ सय ६३ जना यात्रु रहेको विमानले १२ हजार ५ सय फिट उचाईमा रहेको अवस्थामा धुवाँ देखिएको थियो ।

क्याप्टेन फ्रयाङकोइस फेनार्टले कमाण्ड गरेको कल साइन ९ एन- एकेएक्स भएको जहाज अवतरणका लागि आउँदै गर्दा १२ हजार ५ सय फिट उचाइमा ककपिट भित्र धुवाँ निस्केको सूचना आएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए ।

'त्यसो हुना साथ क्याप्टेनले आकस्मिक अवतरण गर्न टावरसँग अनुमती मागे', ठाकुरले भने-, 'त्यसपछि हामीले विमानस्थल पूर्णरुपमा बन्द गरेर जहाजलाई आकस्मिक अवतरण गरायौं, जहाज, चालकदल र यात्रु सबै सकुशल छन् ।'

उनका अनुसार दिउँसो ३:२९ मा क्याप्टेनले आकस्मिक अवतरणको अनुमति मागेका थिए । त्यसपछि ३:५० बजे जहाज अवतरण भएको थियो । विमानलाई सुरक्षित अवतरण गराउन काठमाडौंमा ल्याण्ड हुन लागेको फ्लाइ दुबईलाई लखनउ डाइभर्ट गरिएको थियो । काठमाडौंबाट हुने सबै उडान पनि रोकिएको थियो ।

‘नेपाल एयरलाइन्सको विमान आकस्मिक अवतरण गर्ने क्रममा धावनमार्गमा दमकल, एम्बुलेन्स लगायतका आवश्यक सबै तयारी गरिएको थियो । अहिले निगमक यो जहाज ग्राउण्डेड छ । निगमका इन्जिनियरहरुले जहाजमा के समस्या आएको हो त्यसको खोजी गरिरहेको ठाकुरले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै