२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धारिलो हतियार प्रहार गरि नौ वर्षीय बालकको हत्या

२०७३, २० आश्विन बिहीबार ०७:००

असोज २०, पर्सा । वीरगन्जमा आज बिहान एक नौ वर्षीय बालकको हत्या भएको छ । 

पर्साको रामनगरी गाविस–८ भलुही टोल निवासी विनोद पटेलका नौ वर्षीय छोरा राजन पटेलको हत्या भएको हो । 

वीरगन्ज उपमहानगरपालिका–१६ राधेमाईस्थित काका बृजकिशोर पटेलको घरमा अध्ययनका लागि बस्दै आएका राजनको शव वीरगन्ज चिनीमिल आवास क्षेत्रभन्दा पश्चिम जाने बाटोमा बिहान प्रहरीले फेला पारेको हो । 

मृतक बालकको आँखा, पेट र हातमा धारिलो हतियारले प्रहार गरेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर जोशीले बताउनु भयो । 

बुधबार साँझ ६ बजेतिर आफ्ना साथीहरुसग दसैँको मेला हेर्न घरबाट निस्केका राजन अबेर रातिसम्म घर नफर्किएपछि उनका काका बृजकिशोर पटेलले बुधबार राति नै वडा प्रहरी कार्यालय श्रीपुरमा भतिज हराएको जानकारी गराएको प्रहरीले बताएको छ । 

प्रहरीले रातभरि खोजी गर्दा पनि फेला नपरेका राजन आज बिहान मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

राजनको शव भेटिएको स्थानमा खेलौनासमेत फेला परेको छ । मृतक बालकको शव परीक्षणका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ । 

यसैबीच प्रहरीले राजनसँग मेला हेर्न गएका दुईजना बालकलाई नियन्त्रणमा लिई अनुसन्धानलाई अगाडि बढाएको प्रवक्ता जोशीले जानकारी दिनुभयो । 

घटनाबारे मृतका अभिभावक तथा अन्य साथीसँग समेत सोधपुछ भइरहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश