१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धारिलो हतियार प्रहार गरि नौ वर्षीय बालकको हत्या

२० आश्विन २०७३, बिहीबार ०७:००

असोज २०, पर्सा । वीरगन्जमा आज बिहान एक नौ वर्षीय बालकको हत्या भएको छ । 

पर्साको रामनगरी गाविस–८ भलुही टोल निवासी विनोद पटेलका नौ वर्षीय छोरा राजन पटेलको हत्या भएको हो । 

वीरगन्ज उपमहानगरपालिका–१६ राधेमाईस्थित काका बृजकिशोर पटेलको घरमा अध्ययनका लागि बस्दै आएका राजनको शव वीरगन्ज चिनीमिल आवास क्षेत्रभन्दा पश्चिम जाने बाटोमा बिहान प्रहरीले फेला पारेको हो । 

मृतक बालकको आँखा, पेट र हातमा धारिलो हतियारले प्रहार गरेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर जोशीले बताउनु भयो । 

बुधबार साँझ ६ बजेतिर आफ्ना साथीहरुसग दसैँको मेला हेर्न घरबाट निस्केका राजन अबेर रातिसम्म घर नफर्किएपछि उनका काका बृजकिशोर पटेलले बुधबार राति नै वडा प्रहरी कार्यालय श्रीपुरमा भतिज हराएको जानकारी गराएको प्रहरीले बताएको छ । 

प्रहरीले रातभरि खोजी गर्दा पनि फेला नपरेका राजन आज बिहान मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

राजनको शव भेटिएको स्थानमा खेलौनासमेत फेला परेको छ । मृतक बालकको शव परीक्षणका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ । 

यसैबीच प्रहरीले राजनसँग मेला हेर्न गएका दुईजना बालकलाई नियन्त्रणमा लिई अनुसन्धानलाई अगाडि बढाएको प्रवक्ता जोशीले जानकारी दिनुभयो । 

घटनाबारे मृतका अभिभावक तथा अन्य साथीसँग समेत सोधपुछ भइरहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का