नरी बडु/असोज २०, बैतडी । छुट्टै थरुहट स्वयत्त प्रदेश माग गर्दै गरिएको आन्दोलनका क्रममा गएको वर्ष ०७२ भदो ७ गते कैलालीको टिकापुर नरसंहारका दोषिलाई उन्मुक्ति "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नरी बडु/असोज २०, बैतडी । छुट्टै थरुहट स्वयत्त प्रदेश माग गर्दै गरिएको आन्दोलनका क्रममा गएको वर्ष ०७२ भदो ७ गते कैलालीको टिकापुर नरसंहारका दोषिलाई उन्मुक्ति "/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टिकापुर नरसंहारका दोषिलाई उन्मुक्ति नदिन भुपु प्रहरी संगठनको आग्रह

२० आश्विन २०७३, बिहीबार ०७:१८


नरी बडु/असोज २०, बैतडी । छुट्टै थरुहट स्वयत्त प्रदेश माग गर्दै गरिएको आन्दोलनका क्रममा गएको वर्ष ०७२ भदो ७ गते कैलालीको टिकापुर नरसंहारका दोषिलाई उन्मुक्ति नदिन भुपु प्रहरी संगठनले सरकार संग आग्रह गरेको छ । 

वर्तमान सरकारका गृहमन्त्रि बिमलेन्द्र निधिले टिकापुर घटना राजतिक घटना भएको र टिकापुर हत्याकाण्डमा पक्राउ परेका व्यक्तिहरुलाई रिहा गर्ने अभिव्यक्ति दिइरहेको खबर विभिन्न संचारमाध्यमहरुले प्रकाशन तथा प्रशारण गरिरहेका वेला भुपु प्रहरी संगठनले यस्तो आग्रह गरेको हो । 

६१ औँ प्रहरी दिवसको अवसरमा ०७३ असोज २० गते जिल्ला सदरमुकाम पुगेका भुपु प्रहरी संगठनका पदाधिकारीहरुले नरसंहारका आरोपीलाई उन्मुक्ति दिए आफुलाई सह्य नहुने बताएका छन् ।

“कर्तव्य पालनाको सिलसिलामा निर्मम हत्या गरिएका आठ जना प्रहरी र एक बालकका हत्याराहरुलाई उन्मुक्ति नदिन सरकार संग आग्रह भुपु प्रहरी संगठनको तर्फबाट आग्रह गर्दछौँ” भुपु प्रहरी संगठनका जिल्ला अध्यक्ष रणबहादुर विष्टले भने ।

टिकापुर हत्याकाण्डका मुख्य योजनाकार भनिएका रेसम चौधरीलाई वर्तमान प्रधानमन्त्रि पुष्पकमल दाहाल (प्रचण्ड) ले भारत भ्रमणको क्रममा भारतको ताजमहल होटलमा भेटेको तस्बिर सार्वजनिक भएपछि टिकापुर नरसंहारका दोषिले उन्मुक्ति पाउने पो हुन कि भन्ने चिन्ता रहेको विष्टले बताए ।

टिकापुर नरसंहारका दोषिलाई सरकारले उन्मुक्ति दिए कतव्र्य पालनाको सिलसिलामा निर्मम हत्या गरिएका प्रहरीका परिवार न्यायबाट बञ्चीत हुने भएकाले आफुहरुलाई दोषिलाई उन्मुक्ति दिने कार्य कुनै हालतमा स्यूकार्य नहुने अध्यक्ष विष्टको भनाई छ । 

टिकापुर हत्याकाण्डमा बैतडीको रौलेश्वर गाविस वडा नं. ९ का ४९ वर्षिय प्रहरी निरिक्षक बलराम विष्ट र जिल्लाको हटैराज गाविस वडा नं. १ का प्रहरी हवल्दार (मृत्यू प्रर्यन्त बढुवा) लोकेन्द्र बहादुर चन्द मारिएका थिए ।


क्याप्स: प्रहरी दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममार्फत टिकापुर नरसंहारका दोषिलाई उन्मुक्ति नदिन नेपाल सरकारलाई आग्रह गर्दै भुपु प्रहरी संगठनका जिल्ला अध्यक्ष रणबहादुर विष्ट/तस्बिर: नरी बडु/साझासवाल 





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का