नरी बडु/असोज २०, बैतडी । छुट्टै थरुहट स्वयत्त प्रदेश माग गर्दै गरिएको आन्दोलनका क्रममा गएको वर्ष ०७२ भदो ७ गते कैलालीको टिकापुर नरसंहारका दोषिलाई उन्मुक्ति "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नरी बडु/असोज २०, बैतडी । छुट्टै थरुहट स्वयत्त प्रदेश माग गर्दै गरिएको आन्दोलनका क्रममा गएको वर्ष ०७२ भदो ७ गते कैलालीको टिकापुर नरसंहारका दोषिलाई उन्मुक्ति "/>

२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टिकापुर नरसंहारका दोषिलाई उन्मुक्ति नदिन भुपु प्रहरी संगठनको आग्रह

२०७३, २० आश्विन बिहीबार ०७:१८


नरी बडु/असोज २०, बैतडी । छुट्टै थरुहट स्वयत्त प्रदेश माग गर्दै गरिएको आन्दोलनका क्रममा गएको वर्ष ०७२ भदो ७ गते कैलालीको टिकापुर नरसंहारका दोषिलाई उन्मुक्ति नदिन भुपु प्रहरी संगठनले सरकार संग आग्रह गरेको छ । 

वर्तमान सरकारका गृहमन्त्रि बिमलेन्द्र निधिले टिकापुर घटना राजतिक घटना भएको र टिकापुर हत्याकाण्डमा पक्राउ परेका व्यक्तिहरुलाई रिहा गर्ने अभिव्यक्ति दिइरहेको खबर विभिन्न संचारमाध्यमहरुले प्रकाशन तथा प्रशारण गरिरहेका वेला भुपु प्रहरी संगठनले यस्तो आग्रह गरेको हो । 

६१ औँ प्रहरी दिवसको अवसरमा ०७३ असोज २० गते जिल्ला सदरमुकाम पुगेका भुपु प्रहरी संगठनका पदाधिकारीहरुले नरसंहारका आरोपीलाई उन्मुक्ति दिए आफुलाई सह्य नहुने बताएका छन् ।

“कर्तव्य पालनाको सिलसिलामा निर्मम हत्या गरिएका आठ जना प्रहरी र एक बालकका हत्याराहरुलाई उन्मुक्ति नदिन सरकार संग आग्रह भुपु प्रहरी संगठनको तर्फबाट आग्रह गर्दछौँ” भुपु प्रहरी संगठनका जिल्ला अध्यक्ष रणबहादुर विष्टले भने ।

टिकापुर हत्याकाण्डका मुख्य योजनाकार भनिएका रेसम चौधरीलाई वर्तमान प्रधानमन्त्रि पुष्पकमल दाहाल (प्रचण्ड) ले भारत भ्रमणको क्रममा भारतको ताजमहल होटलमा भेटेको तस्बिर सार्वजनिक भएपछि टिकापुर नरसंहारका दोषिले उन्मुक्ति पाउने पो हुन कि भन्ने चिन्ता रहेको विष्टले बताए ।

टिकापुर नरसंहारका दोषिलाई सरकारले उन्मुक्ति दिए कतव्र्य पालनाको सिलसिलामा निर्मम हत्या गरिएका प्रहरीका परिवार न्यायबाट बञ्चीत हुने भएकाले आफुहरुलाई दोषिलाई उन्मुक्ति दिने कार्य कुनै हालतमा स्यूकार्य नहुने अध्यक्ष विष्टको भनाई छ । 

टिकापुर हत्याकाण्डमा बैतडीको रौलेश्वर गाविस वडा नं. ९ का ४९ वर्षिय प्रहरी निरिक्षक बलराम विष्ट र जिल्लाको हटैराज गाविस वडा नं. १ का प्रहरी हवल्दार (मृत्यू प्रर्यन्त बढुवा) लोकेन्द्र बहादुर चन्द मारिएका थिए ।


क्याप्स: प्रहरी दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममार्फत टिकापुर नरसंहारका दोषिलाई उन्मुक्ति नदिन नेपाल सरकारलाई आग्रह गर्दै भुपु प्रहरी संगठनका जिल्ला अध्यक्ष रणबहादुर विष्ट/तस्बिर: नरी बडु/साझासवाल 





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश