असोज २०, काठमाडौं । अष्ट्रेलियाको भ्रमण सकेर फर्केका हास्यकलाकार मनोज गजुरेलले मलेसियाको क्वालालाम्पुरस्थित एयरपोर्टमा १७ घण्टा ट्रान्जिटमा रोकिनुपरेपछि एउटा रमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज २०, काठमाडौं । अष्ट्रेलियाको भ्रमण सकेर फर्केका हास्यकलाकार मनोज गजुरेलले मलेसियाको क्वालालाम्पुरस्थित एयरपोर्टमा १७ घण्टा ट्रान्जिटमा रोकिनुपरेपछि एउटा रमा"/>
१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मनोज गजुरेल मलेसियाको एयरपोर्टमा जब १७ घण्टा ट्रान्जिटमा परे..

२० आश्विन २०७३, बिहीबार १५:१५

असोज २०, काठमाडौं । अष्ट्रेलियाको भ्रमण सकेर फर्केका हास्यकलाकार मनोज गजुरेलले मलेसियाको क्वालालाम्पुरस्थित एयरपोर्टमा १७ घण्टा ट्रान्जिटमा रोकिनुपरेपछि एउटा रमाइलो ब्लग लेखेका छन् ।

उनको गजुरियल ब्लगमा व्यंग्य गर्दै यस्तो लेखिएको छ-

मनोज गजुरेललाई मलेसियामा अन्तराष्ट्रिय ट्रान्जिट पुरस्कार

कलाकार मनोज गजुरेललाई मलेसियामा अन्तराष्ट्रि्य पुरस्कार मिलेको छ । क्लालालम्पुर एयरपोर्ट अथोरिटिले उनलाई ‘ट्रान्जिट पेसेन्जर अफ द डे’को रुपमा पुरस्कृत गरेको हो । गजुरेल मलेसियन एयरलाईन्सबाट सिड्नी–काठमाण्डौको उडानमा थिए । जस अन्तर्गत क्वालालम्पुरमा १७ घण्टा ट्रान्जिट परेको थियो ।

‘लामोभन्दा लामो ट्रान्जिटलाई पनि रमाईलो तरिकाले ब्यहोर्ने यात्रुलाई यो पुरस्कार दिईन्छ ।’ एयरपोर्ट अथोरिटी प्रमुख मरियम अनवरले भनिन् । ‘१८/८ इन्चको सानो सिंगल सोफामा चामत्कारिक ढंगले सुत्न,बस्न र योगासन गर्न सकेकाले उहाँ सम्मानित हुनु भएको हो ।’मलेसियन एयरलाईन्सका प्रबक्ता टायर्ड स्पिडले भने, ‘ट्रन्जिट लामो भयो भनेर हामीसँग रिसाउने यात्रुहरुले मनोजसरले प्राप्त गरेको एप्पलको म्याकबुकबाट सिक्नु जरुरी छ । ।’

‘पहिलो ८ घण्टा एयरपोर्ट भित्रकै होटलमा बिताएपछि बांकी ९ घण्टा लाउन्जमा बसेका थियौं ।’ मनोजका सिड्नी देखिका सहयात्री उपेन्द्र बस्नेतले भने, ‘मनोजदाईले प्राप्त गरेको पुरस्कार हामी सबै ट्रान्जिटेहरुको पुरस्कार हो । यति लामो ट्रान्जिट सबैलाई सधैं परोस् ।’उनले थपे, ‘झन्, बृद्धबृद्धा र बालबालिकालाई झन् कति मज्जा आउंदो हो !’

१७ घण्टे ट्रन्जिटमा अरु थुप्रै यात्रुहरु भएपनि मनोज नै किन सम्मानित भए भन्ने प्रश्नको जवाफमा सुरक्षा प्रमुख म्याउ सि चाउले सिसि क्यामेराको तथा केही तस्वीरहरुको सार्बजानिक प्रदर्शन गर्दै भने, ‘यस्तो अजंगको मान्छे यति सानो सोफामा गँडुल्कासन, उत्तानासन, घोप्टासन, ठाडाखुट्टासन, किकासन, भद्रासन लगायतका आसन गर्न  सक्नु बाँकी यात्रु तथा हाम्रालागी अद्भुत घटना थियो ।’

उनले क्वालालम्पुर एयरपोर्ट प्रमुख मार्गरिटा अनवरबाट पुरस्कार स्वरुप म्याकबुक प्रो, रेटिना फिप्टिन इन्च प्राप्त गरे ।क्वालालम्पुर एयरपोर्ट प्रमुख मार्गरिटा अनवरबाट पुरस्कार स्वरुप म्याकबुक प्रो, रेटिना फिप्टिन इन्च प्राप्त गरेपछि संबद्ध सबै पक्षलाई आभार तथा मलेसियन उड्ययन मन्त्रालयलाई धन्यवाद दिएपछि मनोजले हाई काड्दै भने,  ‘हैट, कस्तो अनौठो सपना देखिएछ !’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का