१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दशैं मान्न २२ लाखले राजधानी छाडेपछी…

२३ आश्विन २०७३, आईतवार ०१:२१

असोज २३, काठमाडौँ | दसैँ मान्नका लागि यो पटक राजधानी छाड्नेको संख्या २२ लाख भन्दा बढी छ । काठमाडौँ उपत्यकाका विभिन्न नाकाबाट सनिबारसम्ममा देशका विभिन्न गन्तव्यमा २२ लाखभन्दा बढी यात्रु बाहिरिएका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । 

दशैं मनाउने क्रममा गत बिहीबार, शुक्रबार र शनिबार उपत्यकाबाट बाहिरिने यात्रुको सबैभन्दा बढी चाप रह्यो । सनिबार मात्रै दुई लाख ५० हजार यात्रु उपत्यकाबाट बाहिरिएका थिए भने शुक्रबार सबैभन्दा बढी तीन लाख ५० हजार यात्रु बाहिरिएका थिए । दसैँलाई लक्षित गरी दैनिक पाँच हजारको हाराहारीमा सवारी आवतजावत भइरहेको  नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । 

उपत्यकामा चहलपहल ह्वात्तै घट्यो 

यसैबीच काठमाडौँ उपत्यकाको जानजीवन निकै शान्त बनेको छ । बिहानैदेखि चहल-पहल हुने काठमाडौँमा अब केहि दिनसम्म निकै नरमाइलो हुने स्थानीयहरुले बताउने गरेका छन् । उपत्यकाका आधाभन्दा बढीले काठमाडौँ छाडेपछी काठमाडौँ चकमन्न प्राय बन्ने गरेको छ । 'बिशेषगरि तीन दिनसम्म दशैंको महा अष्टमीदेखि टिकासम्म काठमाडौँको रुपनै अर्कै हुन्छ' काठमाडौँ बसपार्क स्थित स्थानीय बुद्धरत्न श्रेष्ठले साझा सबाललाई बताए । 

उनका अनुसार बर्षभर चहलपहलमा रहने काठमाडौँ दशैंको बेला निकै शान्त र अचम्म लाग्दो बन्छ । तर तिहार भने निकै रामाईलो हुन्छ ।

राजधानीबाट अधिकांश नागरिकहरु दशैं मान्न आ-आफ्नो घर फर्कने हुँदा दिनहुँ जाम रहने सडकहरुमा पनि फाट-फुटमात्र सवारी गुड्ने गर्छन् । उपत्यकाका अधिकांश घरहरुमा भाडामा बस्दै आएका नागरिकहरुले उपत्यका छाडेसँगै प्राय घरहरु खालीजस्तै देखिन्छन् । अब यो क्रम आज महाअष्टमीदेखि टिकासम्म न्यून रहन्छ । त्यसपछी लगत्तै उपत्यकाबाहिरका अधिकांश सहरी तथा गाउँका सडकहरु व्यस्त बन्छन् । तर दशैं सकिएसँगै पुर्णिमापछि केहि दिनमै उपत्यकाबाट बाहिरिएका आधाभन्दा बढी नागरिकहरु फेरी उपत्यकामै फर्कन्छन ।

उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बससेवा

दशैंका बेला यात्रुहरूको सुविधालाई ध्यानमा राखी दशैं अवधिभर उपत्यकामा बिहान १० बजेदेखि बेलुकी ७ बजेसम्मका लागि तीन रुटमा नेपाल प्रहरीले निःशुल्क बससेवा आजदेखि सञ्चालन गरेको छ । 

उक्त सेवाअन्तर्गत पहिलो रुटको बस नक्सालबाट सुरु भई पुतलीसडक, माइतीघर, कुपण्डोल, पुल्चोक, जावलाखेल, एकान्तकुना, बल्खु, कलङ्की, कालीमाटी, त्रिपुरेश्वर, सहिदगेट, रत्नपार्क, दरबारमार्ग हुँदै पुनः नक्साल आइपुग्नेछ । यसैगरी, दोस्रो रुटको बस नक्सालबाट सुरु भई मैतीदेवी, गौशाला, कोटेश्वर, तीनकुने, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, सहिदगेट, लैनचौर, लाजिम्पाट, नारायणगोपाल चोक, बालुवाटार हुँदै पुनः नक्साल आइपुग्नेछ । 

त्यस्तै, तेस्रो रुटको बस नक्सालबाट सुरु भई जयनेपाल हल चोक, लैनचौर, सोह्रखुट्टे, नयाँबजार, बालाजु चोक, नयाँ बसपार्क, तिलिङ्गेटार, नारायणगोपाल चोक, सुकेधारा चोक, रातोपुल हुँदै पुनः नक्साल आइपुग्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का