२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दशैं मान्न २२ लाखले राजधानी छाडेपछी…

२०७३, २३ आश्विन आईतवार ०१:२१

असोज २३, काठमाडौँ | दसैँ मान्नका लागि यो पटक राजधानी छाड्नेको संख्या २२ लाख भन्दा बढी छ । काठमाडौँ उपत्यकाका विभिन्न नाकाबाट सनिबारसम्ममा देशका विभिन्न गन्तव्यमा २२ लाखभन्दा बढी यात्रु बाहिरिएका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । 

दशैं मनाउने क्रममा गत बिहीबार, शुक्रबार र शनिबार उपत्यकाबाट बाहिरिने यात्रुको सबैभन्दा बढी चाप रह्यो । सनिबार मात्रै दुई लाख ५० हजार यात्रु उपत्यकाबाट बाहिरिएका थिए भने शुक्रबार सबैभन्दा बढी तीन लाख ५० हजार यात्रु बाहिरिएका थिए । दसैँलाई लक्षित गरी दैनिक पाँच हजारको हाराहारीमा सवारी आवतजावत भइरहेको  नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । 

उपत्यकामा चहलपहल ह्वात्तै घट्यो 

यसैबीच काठमाडौँ उपत्यकाको जानजीवन निकै शान्त बनेको छ । बिहानैदेखि चहल-पहल हुने काठमाडौँमा अब केहि दिनसम्म निकै नरमाइलो हुने स्थानीयहरुले बताउने गरेका छन् । उपत्यकाका आधाभन्दा बढीले काठमाडौँ छाडेपछी काठमाडौँ चकमन्न प्राय बन्ने गरेको छ । 'बिशेषगरि तीन दिनसम्म दशैंको महा अष्टमीदेखि टिकासम्म काठमाडौँको रुपनै अर्कै हुन्छ' काठमाडौँ बसपार्क स्थित स्थानीय बुद्धरत्न श्रेष्ठले साझा सबाललाई बताए । 

उनका अनुसार बर्षभर चहलपहलमा रहने काठमाडौँ दशैंको बेला निकै शान्त र अचम्म लाग्दो बन्छ । तर तिहार भने निकै रामाईलो हुन्छ ।

राजधानीबाट अधिकांश नागरिकहरु दशैं मान्न आ-आफ्नो घर फर्कने हुँदा दिनहुँ जाम रहने सडकहरुमा पनि फाट-फुटमात्र सवारी गुड्ने गर्छन् । उपत्यकाका अधिकांश घरहरुमा भाडामा बस्दै आएका नागरिकहरुले उपत्यका छाडेसँगै प्राय घरहरु खालीजस्तै देखिन्छन् । अब यो क्रम आज महाअष्टमीदेखि टिकासम्म न्यून रहन्छ । त्यसपछी लगत्तै उपत्यकाबाहिरका अधिकांश सहरी तथा गाउँका सडकहरु व्यस्त बन्छन् । तर दशैं सकिएसँगै पुर्णिमापछि केहि दिनमै उपत्यकाबाट बाहिरिएका आधाभन्दा बढी नागरिकहरु फेरी उपत्यकामै फर्कन्छन ।

उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बससेवा

दशैंका बेला यात्रुहरूको सुविधालाई ध्यानमा राखी दशैं अवधिभर उपत्यकामा बिहान १० बजेदेखि बेलुकी ७ बजेसम्मका लागि तीन रुटमा नेपाल प्रहरीले निःशुल्क बससेवा आजदेखि सञ्चालन गरेको छ । 

उक्त सेवाअन्तर्गत पहिलो रुटको बस नक्सालबाट सुरु भई पुतलीसडक, माइतीघर, कुपण्डोल, पुल्चोक, जावलाखेल, एकान्तकुना, बल्खु, कलङ्की, कालीमाटी, त्रिपुरेश्वर, सहिदगेट, रत्नपार्क, दरबारमार्ग हुँदै पुनः नक्साल आइपुग्नेछ । यसैगरी, दोस्रो रुटको बस नक्सालबाट सुरु भई मैतीदेवी, गौशाला, कोटेश्वर, तीनकुने, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, सहिदगेट, लैनचौर, लाजिम्पाट, नारायणगोपाल चोक, बालुवाटार हुँदै पुनः नक्साल आइपुग्नेछ । 

त्यस्तै, तेस्रो रुटको बस नक्सालबाट सुरु भई जयनेपाल हल चोक, लैनचौर, सोह्रखुट्टे, नयाँबजार, बालाजु चोक, नयाँ बसपार्क, तिलिङ्गेटार, नारायणगोपाल चोक, सुकेधारा चोक, रातोपुल हुँदै पुनः नक्साल आइपुग्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी