हेम चन्द्र राई | असोज २४, यूएई (दुबई) | वैदेशिक रोजगारको क्रममा युएईको राजधानी अबुधाबी स्थित साहमामा रहेको तान्जिफ्को कम्पनीमा कार्यरत जनकपुर निवासी बिरेन्द्र साहले सोही कम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... हेम चन्द्र राई | असोज २४, यूएई (दुबई) | वैदेशिक रोजगारको क्रममा युएईको राजधानी अबुधाबी स्थित साहमामा रहेको तान्जिफ्को कम्पनीमा कार्यरत जनकपुर निवासी बिरेन्द्र साहले सोही कम"/>
२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुबईमा नेपालीद्वारा नेपालीको छुरा प्रहार गरि हत्या

२०७३, २४ आश्विन सोमबार ०२:०४

हेम चन्द्र राई | असोज २४, यूएई (दुबई) | वैदेशिक रोजगारको क्रममा युएईको राजधानी अबुधाबी स्थित साहमामा रहेको तान्जिफ्को कम्पनीमा कार्यरत जनकपुर निवासी बिरेन्द्र साहले सोही कम्पनीमा कार्यरत पाचथर प्राङ्बुङ ८ निवासी रन्जित खपाङ्गिलाई गत बिहीवार चक्कु प्रहार गरि हत्या गरेको जनाइएको छ । 

६ तारीख बिहिवार को दिन साझ देखि नै मदिरा सेवन गरि सामन्य विवाद भएको र  बिरेन्द्रले राती करिब १२ बजेर दस मिनेट जादा रन्जित माथी चक्कु प्रहार गरि हत्या गरेको जानकारी सोही कम्पनीमा कार्यरत सल्यान निवासी लक्ष्मण ओलिले जानकारी दिएका छन । 

प्रवासमा सबै मिलि दसै मनाउने भन्दै दिउँसो खसी ल्याइ काटेर सबैले सङ्गै खाना खायर सुतेको थियौ । सामान्य कुरामा दिउँसो देखि नै रन्जित र बिरेन्द्र बिच भना भन भय पनि हात हालाहालको स्थिति भने दिउँसो भएको थिएन बिरेन्द्रले अलि धेरै नै रक्सी पिएको र हामीले नेपाली नेपाली बिच झगडा गर्नु हुदैन भन्दै दुबैलाई सम्झाएर सुतेका थियौ राती एक्कासि हल्ला भयो हेर्न जादा बाथरुममा रन्जित बेहोस अबस्थामा थिए हामीले तुरुन्तै एम्बुलेन्स बोलायौ आन्द्रा बाहिर निस्केको र किट्नी को छेउमा चक्कु ले लागेको र अत्यधिक ब्लिडिङ हुँदा रन्जित को मृत्यु उपचारको लागी एम्बुलेन्समा लैजादै गर्दा बाटोमा नै भयो लक्ष्मणले बताएका छन ।

रन्जित बिरेन्द्र छुट्टाछुट्टै कोठामा सुत्ने भएपनि बाथरुम जाँदा राती सँगै परेको र बाथरुम मै भनाभन भय पश्चात् बिरेन्द्रले कोठाबाट तरकारी काट्ने चक्कु ल्यायर रन्जितको पेटमा हानेको र आफुहरु हल्ला भए लगत्तै हेर्न जाँदा रन्जित बाथरुममा बेहोस अबस्थामा भेटिएको जानकारी ओलिले जानकारी दिएका छन । आफुहरुले थाहा हुन साथ राती १२ बजेर २० मिनेट जादा एम्बुलेन्स बोलाएको र उनको साथमा अन्य साथीहरू पनि हस्पिटल गएको बताउदै बाटोमै मृत्यु भएका रन्जितको सब हाल अबुधाबी स्थित सरकारी हस्पिटलमा रहेको र आफन्त सँग सम्पर्क भएको हुदा नेपाल पठाउने तयारी भएको जानकारी ओलिले दिएका छन । घटना लगत्तै आएको प्रहरी टोलिले बिरेन्द्र लाई हिरासतमा लिएको र अरु होस्टेलमा रहेका झन्डै १० जना नेपालीलाई अनुसन्धानको लागि स्थानीय प्रहरी चौकिमा लगिएको जानकारी दिएका छन भने बिरेन्द्रलाई आबस्यक छानबिन गर्न केन्द्रिय प्रहरी कार्यलय पठाइएको ओलिले बताएका छन ।

युएईमा कसैले कसै माथी हात लगाएको प्रमाणित हुँदा कानुन अनुसार कडा सजाय हुने गर्छ । अझै हात हालेर रगत निस्केको खण्डमा मुलुकबाट सदाको लागि टर्मिनेट गर्नुका साथै जरिवाना, जेल सजाय दुबै हुने गरेको छ । कुनै पनि कारणबाट कसैको हत्या भएको प्रमाणित हुँदा मृत्युदण्ड सजाय अदालतले फैसला गर्दछ । तर विकल्पको रूपमा पीडित परिवारको सदस्यले मार्ने व्यक्ति शीत ब्लडमनि लिन राजी भएको खण्डमा भने पीडित पक्षले मागेको रकम समयमा नै कानुनी, कुतनैतिक पद्धति मार्फत भुक्तानी र पहल गर्दा जीवन पाउनेछन् । 

यसअघि पनि अनिस खालिङलाई युएईमा मृत्युदण्ड सजाय सुनाएको थियो तर पाकिस्तानी नागरिकलाई मारेको र अनिसको घरायसी, पारिवारिक, आफ्नो गल्ती गम्भीर नभएकोले आम प्रवासमा रहेको नेपाली मार्फत सहयोग रकम सङ्कलन मार्फत ब्लडमनि भुक्तानी पछि स्वदेश फिरेका थिए । तर बिरेन्द्र शाहको हकमा भने उनले ब्लडमनि सङ्कलन गरेर जीवन पाउन मुस्किल रहेको प्रवाशी नेपालीहरु बताउँछन् । नेपाली राजदुतावासले जनाए अनुसार हालसम्म विभिन्न मुलुकमा २७ जना नेपालीहरुलाई विभिन्न मुद्दामा मृत्युदण्ड सजाय सुनाईएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन