हेम चन्द्र राई | असोज २४, यूएई (दुबई) | वैदेशिक रोजगारको क्रममा युएईको राजधानी अबुधाबी स्थित साहमामा रहेको तान्जिफ्को कम्पनीमा कार्यरत जनकपुर निवासी बिरेन्द्र साहले सोही कम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... हेम चन्द्र राई | असोज २४, यूएई (दुबई) | वैदेशिक रोजगारको क्रममा युएईको राजधानी अबुधाबी स्थित साहमामा रहेको तान्जिफ्को कम्पनीमा कार्यरत जनकपुर निवासी बिरेन्द्र साहले सोही कम"/>
१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुबईमा नेपालीद्वारा नेपालीको छुरा प्रहार गरि हत्या

२४ आश्विन २०७३, सोमबार ०२:०४

हेम चन्द्र राई | असोज २४, यूएई (दुबई) | वैदेशिक रोजगारको क्रममा युएईको राजधानी अबुधाबी स्थित साहमामा रहेको तान्जिफ्को कम्पनीमा कार्यरत जनकपुर निवासी बिरेन्द्र साहले सोही कम्पनीमा कार्यरत पाचथर प्राङ्बुङ ८ निवासी रन्जित खपाङ्गिलाई गत बिहीवार चक्कु प्रहार गरि हत्या गरेको जनाइएको छ । 

६ तारीख बिहिवार को दिन साझ देखि नै मदिरा सेवन गरि सामन्य विवाद भएको र  बिरेन्द्रले राती करिब १२ बजेर दस मिनेट जादा रन्जित माथी चक्कु प्रहार गरि हत्या गरेको जानकारी सोही कम्पनीमा कार्यरत सल्यान निवासी लक्ष्मण ओलिले जानकारी दिएका छन । 

प्रवासमा सबै मिलि दसै मनाउने भन्दै दिउँसो खसी ल्याइ काटेर सबैले सङ्गै खाना खायर सुतेको थियौ । सामान्य कुरामा दिउँसो देखि नै रन्जित र बिरेन्द्र बिच भना भन भय पनि हात हालाहालको स्थिति भने दिउँसो भएको थिएन बिरेन्द्रले अलि धेरै नै रक्सी पिएको र हामीले नेपाली नेपाली बिच झगडा गर्नु हुदैन भन्दै दुबैलाई सम्झाएर सुतेका थियौ राती एक्कासि हल्ला भयो हेर्न जादा बाथरुममा रन्जित बेहोस अबस्थामा थिए हामीले तुरुन्तै एम्बुलेन्स बोलायौ आन्द्रा बाहिर निस्केको र किट्नी को छेउमा चक्कु ले लागेको र अत्यधिक ब्लिडिङ हुँदा रन्जित को मृत्यु उपचारको लागी एम्बुलेन्समा लैजादै गर्दा बाटोमा नै भयो लक्ष्मणले बताएका छन ।

रन्जित बिरेन्द्र छुट्टाछुट्टै कोठामा सुत्ने भएपनि बाथरुम जाँदा राती सँगै परेको र बाथरुम मै भनाभन भय पश्चात् बिरेन्द्रले कोठाबाट तरकारी काट्ने चक्कु ल्यायर रन्जितको पेटमा हानेको र आफुहरु हल्ला भए लगत्तै हेर्न जाँदा रन्जित बाथरुममा बेहोस अबस्थामा भेटिएको जानकारी ओलिले जानकारी दिएका छन । आफुहरुले थाहा हुन साथ राती १२ बजेर २० मिनेट जादा एम्बुलेन्स बोलाएको र उनको साथमा अन्य साथीहरू पनि हस्पिटल गएको बताउदै बाटोमै मृत्यु भएका रन्जितको सब हाल अबुधाबी स्थित सरकारी हस्पिटलमा रहेको र आफन्त सँग सम्पर्क भएको हुदा नेपाल पठाउने तयारी भएको जानकारी ओलिले दिएका छन । घटना लगत्तै आएको प्रहरी टोलिले बिरेन्द्र लाई हिरासतमा लिएको र अरु होस्टेलमा रहेका झन्डै १० जना नेपालीलाई अनुसन्धानको लागि स्थानीय प्रहरी चौकिमा लगिएको जानकारी दिएका छन भने बिरेन्द्रलाई आबस्यक छानबिन गर्न केन्द्रिय प्रहरी कार्यलय पठाइएको ओलिले बताएका छन ।

युएईमा कसैले कसै माथी हात लगाएको प्रमाणित हुँदा कानुन अनुसार कडा सजाय हुने गर्छ । अझै हात हालेर रगत निस्केको खण्डमा मुलुकबाट सदाको लागि टर्मिनेट गर्नुका साथै जरिवाना, जेल सजाय दुबै हुने गरेको छ । कुनै पनि कारणबाट कसैको हत्या भएको प्रमाणित हुँदा मृत्युदण्ड सजाय अदालतले फैसला गर्दछ । तर विकल्पको रूपमा पीडित परिवारको सदस्यले मार्ने व्यक्ति शीत ब्लडमनि लिन राजी भएको खण्डमा भने पीडित पक्षले मागेको रकम समयमा नै कानुनी, कुतनैतिक पद्धति मार्फत भुक्तानी र पहल गर्दा जीवन पाउनेछन् । 

यसअघि पनि अनिस खालिङलाई युएईमा मृत्युदण्ड सजाय सुनाएको थियो तर पाकिस्तानी नागरिकलाई मारेको र अनिसको घरायसी, पारिवारिक, आफ्नो गल्ती गम्भीर नभएकोले आम प्रवासमा रहेको नेपाली मार्फत सहयोग रकम सङ्कलन मार्फत ब्लडमनि भुक्तानी पछि स्वदेश फिरेका थिए । तर बिरेन्द्र शाहको हकमा भने उनले ब्लडमनि सङ्कलन गरेर जीवन पाउन मुस्किल रहेको प्रवाशी नेपालीहरु बताउँछन् । नेपाली राजदुतावासले जनाए अनुसार हालसम्म विभिन्न मुलुकमा २७ जना नेपालीहरुलाई विभिन्न मुद्दामा मृत्युदण्ड सजाय सुनाईएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का