१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कुहिनाले बस हाँक्दै गर्दा दुर्घटना, १७ जना घाइते

३ कार्तिक २०७३, बुधबार ०५:४८

कात्तिक ३, भीमदत्तनगर । दार्चुलाको गोकुलेश्वरबाट कञ्चनपुरको भीमदत्तनगर आउँदै गरेको ना ३ ख ९४३६ नंको यात्रुवाहक बस आज बिहान पूर्व पश्चिम महेन्द्र राजमार्गको गुलरिया–अत्तरिया खण्डको मोहना नदी छेउमा दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन् । 

इलाका प्रहरी कार्यालय गुलरियाका प्रमुख प्रहरी नायब निरीक्षक भरतसिंह धामीले चालकको लापरबाहीले दुर्घटना भएको जानकारी दिए । घाइतेमध्ये एक बालकको अवस्था गम्भीर रहेको छ भने बाँकी सामान्य घाइतेको पद्मा अस्पताल अत्तरियामा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

“बसमा रहेका प्रत्यक्षदर्शीका अनुसार चालक सुरेन्द्र कुँवर एक हातमा मोबाइलमा कुरा, अर्को हातले गीत परिवर्तन र कुहिनाले बस हाँक्दै गर्दा दुर्घटना भएको हो”, प्रहरी नायब निरीक्षक धामीले भने–“यात्रुहरुले त्यो नगर्न भन्दाभन्दै बस दुर्घटना भयो ।” 

चालकको लापरबाहीका कारण बस दुर्घटना भएको बताउँदै उनले चालक कुँवरको खोजी भइरहेको जानकारी दिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का