२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिशूली नदीमा बस खस्दा मृत्यु भएकाको सनाखत

२०७३, ३ कार्तिक बुधबार ०६:३१

कात्तिक ३,चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको रिद्धिखोलानजिक हिजो साँझ त्रिशूली नदीमा बस खस्दा मृत्यु भएका बसका सहचालकको आज सनाखत भएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका–२० का ३६ वर्षीय जनक महत रहेका छन् । उनको उपचारका लागि भरतपुरतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो । 

काठमाडौँबाट भैरहवा आउँदै गरेको लु १ ख ७३९१ नं को रात्रि बस नारायणगढ–मुग्लिन सडक खण्डको दाहाखानी–६ को रिद्धिखोला नजिकै त्रिशूली नदीमा खस्दा एकजना बेपत्ता भएका थिए भने नौजना गम्भीर घाइते भएका थिए । 

घाइतेमध्ये आठजनाको कलेज अफ मेडिकल साइन्स भरतपुर र एकजनालाई राति नै थप उपचारका लागि काठमाडौँ लगिएको प्रहरीले जनाएको छ । बसमा चालक तथा सहयोगी समेत गरी जम्मा ११ जना यात्रु सवार रहेको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश